सल्यानका दुई नेतालाई कार्यकर्ताको चुनौती- ‘सिनियर नेता चुन्ने अधिकार जनताको हो’


दीपेन्द्र कुमार क्षेत्री । मार्क्सवादी भनाइ अनुसार पार्टी बिपरितहरुको बैचारिक, सांगठनिक एकत्व हो । मुलतः पार्टी बिचार दर्शन मूल्य मान्यताले चल्ने कुरा हो । पार्टीमा ब्यक्ति सायहयक नै हुन्छ । पार्टीमा लोकतान्त्रिक प्रजातान्त्रिक तथा जनवादको उच्चतम अभ्यासमामा भिन्न मत भिन्न बहस देखा पर्नु स्वाभाविक हो । त्यसलाइ संस्थागत हल कसरी गर्छोैँ, भन्ने मुख्य कुरा हो ।

कम्युनिस्ट पार्टी, त्यो पनि पुर्व माओवादिको हकमा त झन सबै खाले मान्छे आन्दोलनमा सामेल भए । भात पकाउने, बन्दुक बनाउने, बन्दुक चलाउने, संगित भर्ने, गित गाउने, भाषण गर्ने, बहस गर्ने, बिचार निर्माण गर्ने, संगठन चलाउने सबै-सबै क्षमताको एकीकृत समायोजनले महान जनयुद्ध सम्भव थियो र त आज हामी संघिय लोकतान्त्रिक गणतन्त्र मुलुकमा छोै ।

कम्युनिस्ट पार्टीमा भिन्न मत दर्ज हुँदा कसैलाई आश्चार्य लाग्न सक्छ । कम्युनिस्ट पार्टीमा पनि केही फरक मत हुन्छन, केही भिन्न पात्र हुन्छन ।फरक प्रवृत्ति, फरक ब्यवहार हुन्छन, फरक संघर्ष पनि हुन्छन । यी सबैलाई जनबादी केन्द्रीयताको अभ्यास द्वारा सम्मान गर्दै हल खोज्नेहरु नै कम्यनिष्ट हुन् ।

यसै पनि पुर्व माओबादि र एमाले छुट्टै पृष्ठभूमिबाट आएर जनता बिच स्थापित भएका दुबै पार्टी एकता पछि नयाँ स्वरुपमा छोै । हामी भित्र केही भिन्न अनुभव र भिन्न अनुभुती पक्कै महसुस गरेका छोै । त्यो सोैभाग्य हामीलाई प्राप्त छ, जो सबै लाई हुदैन, हामीलाइ छ ।

पार्टी एकता पछि (नेकपा) भित्र देशभरि बिचार, ब्यबहार, आचारण, हैसियत, पद्दति, अस्तित्व र सह-अस्तित्व बीच सैदान्तिक बहस उब्जेका छन् । हाम्रा चिन्तन र ब्यबहार तथा पद्दति बारे बहस हुनु सकारात्मक कुरा हो । जब सम्म यिनै बिषयमा बहस छलफल हुँदैनन् तब सम्म पार्टी संगठन सुद्दिकरण हुनसक्दैन ।

यसै बिषयमा अब पुर्ब माओबादि र एमाले एकतापछि (नेकपा) सल्यानमा उब्जेको बहसमा प्रबेस गरौ । सल्यान जिल्लामा दुवै पृष्ठभूमिबाट आएका नेतृत्वको स्थान कहाँ हुने भन्ने बिषयले बहस छेडेको छ । अर्थात कुन नेता सिनियर भन्ने बिषय निकै पेचिलो बनेको छ ।

सल्यानको भुगोल, राजनीतिक अन्तरबिरोध भिन्न छ । बिगतमा हामी दुबै पार्टी अलग रहदा पनि हाम्रा भिन्नै अन्तरबिरोधहरु थिए तर खास खास बेला नेतृत्वले सल्यानी जनताको भावना सम्बोन गर्दै एकै ठाउँ उभिएको सुन्दर इतिहास पनि छ ।

तर अहिले सल्यानमा उत्पन्न भएको ताजा बहस झर्रो रुपमै भन्दा माननीय प्रदेश मन्त्री प्रकाश ज्वाला र माननीय पुर्व मन्त्री संघिय सांसद टेक बहादुर बस्नेतको बहरियता क्रम नेतृत्व कस्लाइ मान्ने भन्ने बिषयले पाएको छ । यसले जनता कार्यकर्तामा दुखि बनाएको छ भने प्रतिपक्षहरुलाई खुसि तुल्याएको छ ।

कामरेड प्रकाश ज्वालाले मुल नेतृत्व मान्ने कि नमान्ने भन्ने बिषय गंभिर रुपमा उठेको छ ।

हो नेता प्रकाश ज्वाला राष्ट्रिय छवि बोकेका र राष्ट्रिय मुमेन्ट लिन सक्ने कुशल नेता हुन् । पुर्व एमालेको हकमा कोहि संस्थापक छ भने ज्युदो इतिहासको साँछी प्रकाश ज्वाला हो । सल्यानमा मात्र नभएर पश्चिम नेपालको एक अब्बल नेता पनि हो ।

हामी सबैलाई थाहा छ, सल्यानको कम्युनिष्ट आन्दोलनमा उनको संघर्षशिल यात्रा निकै कष्टपूर्ण रह्यो । ज्वालालाइ पन्चे व्यवस्थाले लखेट्यो, पन्चेपछि सल्यानका काला कांग्रेसहरुले लखेटे, पछि आएर अहिलेका सहकर्मीहरु द्वारा पनि लखेटिए । उनले थुप्रै पटक आफ्नो ज्युउ-ज्यानको बाजी थाप्नु पर्यो । तत्कालीन सल्यानमा एमालेका जन्मदाता प्रकाश ज्वाला हुन यसमा कुनै संका र विवाद छैन ।

त्यस्तै अर्को नाम हो टेक बहादुर बस्नेत । उनि साधारण परिवारवाट बर्गीयमुक्ति आन्दोलनमा हिडेका थिए । उनि सर्बहारा पृष्ठभूमिका नेता हुन् ।समरसिंह आन्दोलनको इतिहासमा मात्रै स्थापित होइन, संसदिय अभ्यासमा पनि सल्यानका चर्तित तत्कालीन माओवादिको विभिन्न मोर्चा सम्हाल्दै सर्वोच्च निकाय मानिने पार्टी केन्द्रको सचिवालय सदस्य, पार्टी दलको प्रमुख सचेतक संघिय मन्त्री पनि भैसकेका नेता हुन । उनि एक कुशल र इमान्दार नेता पनि हुन् ।

हाल यी दुवै नेता बिच केही बरियहता, मर्यादाक्रममा कस्ले नेतृत्व लिने भन्ने प्रश्न उठेको छ । नेतृत्व जस्ले लियपनि खासै अन्तर छैन तर इतिहासको भुमिका कसैले बिर्सन हुँदैन । कठोर राजनीतिक संघर्ष सामु बस्नेत निडर भए र जनताले उनलाई प्रत्यक्ष भोट दिएर अनुमोदन गरेका छन् ।

यतिबेला सल्यान जिल्लाको समग्र नेतृत्वमा बस्नेत चुनिएको कुरा घाम झैँ छर्लंग छ ।

यी दुइ नेता मध्ये कुन सिनियर भन्ने बिबादको बिषय नै होइन । हामी स्वतः स्पष्ट छौ, नेपाल सरकारको मर्यादा क्रमाअनुसार टेक बहादुर बस्नेत ‘समरसिँह’ सिनियर हुन् । संघिय सांसद र मुख्यमन्त्री मर्यादा क्रम एउटै हो ।

त्यसैले यहिनेर आदरणीय कमरेड प्रकाश ज्वालाले बुझ्ने पर्ने हो । उहाले नेतृत्व स्वीकार गर्ने पर्छ, यो विधिले पनि दिएको कुरा हो । तर बिडम्बना यो बिषय किन सृजना भयो ? कहाबाट सिर्जना भयो ? गम्भीर छ ।

नेतृत्व स्वीकार गर्ने बिषयले ज्वाला कामरेड हत्तोसाहित हुन जरुरि छैन । दुइ तिहाइ बहुमतको आफ्नै सरकार छ, जसको कार्यकाल ५ वर्षा सम्म छ । आगामी चुनाव आउन अझै धेरै समय छ । एकले अर्काको सह-अस्तित्व स्वीकार गरेर जानु नै सल्यानी जनताको भलाइ हुनेछ । सल्यानको बिकाश योजनामा दिर्घकालिन फाइदा पुग्नेछ । अहिले देखिने पदीय भाग बण्डामा लिप्त हुन खोज्ने हो भने यसको परिणाम सोचे भन्दा फरक हुनेछ ।

समग्रमा ज्वालाले सल्यानको भुगोल राजनीति जनताको मनोबिज्ञानलाई मध्य नजर गरेर, सल्यानको माटो जनताको मनोबिज्ञान कार्यकर्ताको मनोभावना बु्झ्न जरुरि छ । छातिमा हात राखेर सल्यान र सल्यानी जनतालाइ उपनिवेश पार्न खोज्ने प्रवृति र त्यसैको हस्तक्षेप स्वरुप सल्यानमा जन्मिएको खराव प्रबिर्ती र समुहबाट नेता ज्वाला टाढा रहन आबस्यक छ । कसैको स्वार्थमा उपयोग हुनबाट बच्न जरुरि छ ।

फ्याक्ट कुरा केहो भने, ज्वाला कामरेडले आगामी चुनाव सम्म नेतृत्वलाइ स्वीकार गर्नुपर्छ, नत्र कम्तिमा पनि आगामी महाधिबेशन सम्म बर्तमान नेतृत्वलाइ स्वीकार गरेर जानु उत्तम हुनेछ । यो मर्यादाक्रम र पद्दतिले सिकाएको कुरा हो ।

कहि कतैबाट ज्वाला कामरेड प्रभावित हुनुहुदैन । उहाँले गएको चुनावलाइ स्मरण गर्न जरुरि छ । केहि अराजक समूहको उक्साहटमा मुल नेतृत्वलाई बिर्सन छुट छैन । हैन भने उहाँले कार्यकर्तालाई सांछी राखेर कामरेडले भन्नु पर्छ, ‘मेरो आफ्नै गुट छ, त्यो गुट भित्रका व्यक्तिहरु ए.बि.सी.डी हुन्, हामी पार्टी समीकरणमा छौ’ । त्यसपछि तत्कालै तेस्रो पुस्ताका नेता तथा कार्यकर्ताले नेतृत्वको फैसल्ला गर्ने छन् ।

नत्र नआत्तिनुहोस आगामी चुनावमा सल्यानको सिनियर नेता को हुन् भन्ने बारे जनताले फैसल्ला गर्ने छन् ।

आदरणीय कामरेड ! एकताको भाव कार्यकर्ताले नस्विकारेको भए आज के हुन्थ्यो ? कसको अस्तित्व कहा हुन्थ्यो ? दुखका साथ् भन्नैपर्दा ज्वाला कामरेड पहिले जुन कित्ता संगको अन्तरसंघर्षमा हुनुहुन्थ्यो, आज पनि त्यहि कित्ता हुनुहुन्छ । मुल नेतृत्वलाई अस्विकारगरि पदीय अन्तरसंघर्ष चलाउनु उहाँका लागि आत्माघात हुनेछ ।

पुराना अन्तरसंघर्ष ज्युउका त्युउ छन्, नयाँ अस्तित्वको लडाईले के परिणाम दिन्छ ? मुल नेतृत्वलाइ तह लगाएर अघि बढछु भन्ने मानसिकताले आफै तह लाग्ने परिस्थिति आए के हुन्छ ? कामरेडलाई यो कुनै च्यालेन्ज होइन सुजाव हो । तसर्थ यतिबेला कामरेड ज्वाला संयमित हुन जरुरि छ । हैन भने भिरमा लड्ने गोरुलाई रामराम भन्न सकिन्छ तर काँध थाम्न सकिन्न ।

स्मरणीय होस, राष्ट्रिय भुमिका र पहुचबाट टेक बहादुर बस्नेत ‘समरसिँह’लाइ तह लगाउन ज्वालाको ताकतले भ्याउला तर जनताको क्यानभासमा सजिएको उनको हैसियतलाइ कसैले तह लगाउन सक्ने छैन ।

अन्तमा: हाम्रो पुस्ताले यहाँहरु दुवै जनालाई स्वीकार गर्दै अम्मान गरेको छ, अझै गर्नेछन । सल्यानको कम्युनिष्ट आन्दोलनका दुवै होनाहार नेताको रुपमा स्थापित गराउने भूमिका खेल्ने छौ ।

यहाँहरु दुवै जनाले यो अन्तरविरोधबारे जति सक्यो चाँडो हल गर्नतिर लाग्नुहोस । नेताको अस्तित्वको लडाई ल्याएर यहाँ धमिलो पानीमा माछा मार्न खोजिदै छ । राजनीतिक रुपले षड्यन्त्र गरेर बर्वादिको अर्को दिशा धकेल्दै गरेको कुरा दुबैले बुझ्न जरुरि छ ।

बिगतमा हामी धेरै लड्यौ । कहिले आपसमा लड्यौ ।  कहिले बर्ग बैरिका बिरुद्द लड्यौ । आज फेरी सुखी नेपाली समृद्द नेपालका लागि एक भएका छौ । यो शौभाग्यलाइ मिलेर पुरा गरौ । सल्यानी जनताका लागि नेताहरु एकजुट भएर लाग्नुको बिकल्प छैन । बर्तमानले एकजुट भएर मार्ग निर्देशन खोजिरहेको छ, जसले समृद्द सल्यानको मान चित्र खोजिरहेको छ । हामी कार्यकर्ता र जनताको साथ् तपाइहरुलाइ हुनेछ ।

(लेखक युवा नेता वाइसीएल सल्यानका जिल्ला कार्यसमिति सदस्य हुन)

२८ माघ २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको