रिहा लगत्तै विप्लव नेकपाका पाँच कार्यकर्ता अदालतको गेटबाट पुनः पक्राउ


फागुन २४, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी नेकपाका पाँच जना कार्यकर्तालाई अदालतले रिहा गरे लगत्तै प्रहरीले पुन गिरफ्तार गरेको छ ।

बिहिबार उच्च अदालत विराटननगरले रिहा गरेलगत्तै अमृत मगर, केबी लिम्बु, बाबा लिम्बु, विमल बस्नेत र विक्रम राइलाई प्रहरीले अदालतको गेटबाटै पुन गिरफ्तार गरेको हो । उनीहरुलाई फागुन १४ गते इलाम जिल्लाको फाकफोक थुम गांउपालिकाको लुङ्सुम्दाङबाट प्रहरिले गिरफ्तार गरेको थियो ।

फागुन १४ सहिद सप्ताहको पहिलो दिन सहिदहरु प्रति श्रद्धाञ्जली , बेपत्ता तथा घाइते योद्धाहरु सम्मान तथा स्मरण गर्दै सहिद तथा बेपत्ता योद्धाहरुले देखाएको बाटोमा निरन्तर अघि बढने प्रण गर्दै अभियान २ मेचि ब्युरोका अभियान्ताहरु शहीद परिवारलाई सम्मान कार्यक्रममा सरिक भई रहेका बेला शहीद कै घरबाट गिरफ्तार गरियको थियो ।उनिहरुलाई सार्बजनीक मुद्दा लगाईयको थियो ।

बिहिबार बिराटनगार अदालतमा उनिहरुको सार्बजनीक मुद्दाको रिट माथि बहस हुँदा उनिहरु अदालतले निर्दाेस सबित गर्दै रिहाईको आदेश दिएको थियो । तर पुनः अदालत हाता भित्रैबाट प्रहरीले गिरफ्तार गरी बेपत्ता बनाएको भन्दै नेकपा मेची व्युरोले बिरोध जनाएको छ ।

उनीहरुलाई तत्काल रिहा गर्न पनि नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरो कार्यलयले माग गरेको छ ।

२४ फाल्गुन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको