ट्याक्सी चालकहरू विप्लव नेकपामा


माघ २४, काठमाडौँ । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ का क्रममा मजदुर साधारण शाखा यातायात टिमले काठमाडौँको ठूलोभ¥याङमा सात सदस्यीय ट्याक्सी चालक एकाइ समिति गठन गरिएको छ ।

अभियानमा महासङ्घका केन्द्रीय सदस्य सरोज, जिल्ला महासङ्घका काठमाडौँ अध्यक्ष नारायण, निर्माण मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष जित श्रेष्ठ, अटोमोबाइल्स मजदुर सङ्घका संयोजक रमेश बस्नेत र यातायात मजदुर सङ्घका उपत्यका मजदुर ब्युरो सदस्य दीपेन्द्र घिमिरे उपस्थित थिए ।

कार्यक्रममा यातायात मजदुर सङ्घका जिल्ला उपाध्यक्ष रामचन्द्रले सम्पर्क तथा सङ्गठन विस्तारका लागि पहल गरेका थिए । नवगठित एकाइ समितिमा शङ्करप्रसाद रिमाल अध्यक्ष, बाबु सुवेदी उपाध्यक्ष, हरि श्रेष्ठ सचिव, प्रकाश तमाङ कोषाध्यक्ष र सदस्यहरुमा जय तामाङ, सुजन केसी चुनिएका छन् भने लालबहादुर खत्रीलाई वरिष्ठ सल्लाहकारमा चयन गरिएको सङ्गठनले जनाएको छ ।

नवगठित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिँदै अतिथिहरुले वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा अघि बढ्न अपिल गरेका थिए ।

२४ माघ २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको