अखिल (क्रान्तिकारी)का ७ विद्यार्थी पक्राउ


माघ २१, काभ्रे । नेत्र विक्रम चन्द (विप्लव) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका ७ जना विद्यार्थी पक्राउ परेका छन् ।

बनेपामा प्रदर्शनका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विद्यार्थी व्यूरो संयोजक मुकुन्द श्रेष्ठ लगायतका नेताहरु छन् । प्रर्दनको क्रममा बनेपास्थित अरनीको राजमार्गको चार दोबाटो हुँदै बनेपा तीन दोबाटो आएका विद्याथीहरुलाई प्रहरी पक्राउ गरेको हो ।

आफ्ना केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकको रिहाइ गर्नुपर्ने, एनसेलाई कारबाही गरनुपर्ने भन्दै विद्यार्थीले प्रदर्शन गरेका थिए ।

पक्राउ परेका विद्यार्थीहरुको बारेमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

२१ माघ २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको