दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु


असोज १६, दाङ । दाङमा पौडी खेल्नेक्रममा दुई किशोरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीबार पौने ६ बजेतिर लमही नगरपालिका वडा नं. ९ स्थित सिमलसोता खोलामा पौडी खेल्ने क्रममा दुई किशोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमही – ९ बाङ्गेताल निवासी १४ बर्षीया टिका घर्ती र घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर निवासी १५ बर्षीया निरु बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए ।

उनका अनुसार पौडी खेल्ने क्रममा डुबेकी उनी दुबैजनाको स्थानीय र प्रहरीको सहयोगमा सहयोगमा उद्दारगरि उपचारकालागि लमही अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो ।

१६ आश्विन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको