कास्कीमा अग्रता फराकिलो बनाउँदै विद्या


मङि्सर १५, पोखरा । कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार उनले ८ हजार २ सय ६५ मत प्राप्त गरेकी छन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ३ हजार ६ सय ८२ मतसहित पछ्याइरहेका छन् । समाजवादी पार्टीका धर्मराज गुरुङले १७२, राप्रपाका रोम बहादुर भण्डारी १८६, साझा पार्टीकी रजनी केसीले ११० मत पाएकी छिन्।

यो मतपरिणाम आइतबार बिहान १० बजेसम्मको नतिजा हो। पोखरा महानगरपालिकाको वडा नं ३३, २१ र २० को १२ हजार ६ सय २५ मत गणना भएको हो।

१५ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको