अखिल (क्रान्तिकारी)द्वारा पत्रकार सम्मेलन आयोजना


माघ १८, काठमाडौं । अखिल क्रान्तिकारीले आज दिउसो रिर्पोटस क्लवमा पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको जानकारी दिएको छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक गिरफ्तारीको बिषयलाई लिएर क्रान्तिकारीले आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको बुझिएको छ ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले आज दिउसो ३ बजे रिर्पोटस क्लवमा एक पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको जानकारी दिएका छन् ।

अध्यक्ष ढकालका अनुसार दिउसो गरिने पत्रकार सम्मेलन मार्फत क्रान्तिकारीले आन्दोलनका कार्यक्रमहरु घोषणा गर्नेछ । कोषाध्यक्ष नरेन्द्र विकको रिहाइको लागि शैक्षिक हडतालसम्मको कार्यक्रमहरु घोषणा हुनसक्ने बुझिएको छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई बिहीबार बेलुका विराटनगर विमानस्थलबाट प्रहरीले गिरफ्तार गरेको हो । विकलाई गिरफ्तार गरिएको विषयलाई लिएर नेकपा र विद्यार्थीका नेताहरुले राष्ट्रियताको आन्दोलन कमजोर बनाउन गिरफ्तार गरिएको प्रतिक्रिया दिएका छन् ।

१८ माघ २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको