प्रबक्ता प्रकाण्ड ४९ दिनपछि रिहा, कार्यकर्ताद्वारा भब्य स्वागत


असोज ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ४९ दिनपछि आज रिहा भएका छन्।

सर्वोच्च अदाललले थुनामुक्त गर्न आदेशसँगै उनी रिहा भएका हुन् । न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई छाड्न आदेश दिएको हो ।

रिहालगत्तै नेकपा कार्यकर्ताले उनलाई भब्य स्वागत गरेका छन् । फूलमाला र खादा लगाएर नेकपा नेता कार्यकर्ताले नारावाजी गरेका छन् ।

सर्वोच्चले पटकपटक थुनामुक्त गर्न आदेश दिँदा पनि अदालत परिसरबाटै पक्राउ गरिएको भन्दै वैयक्तिक स्वतन्त्रता हनन नगर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

पटक पटक अदालतले रिहा गर्न आदेश दिएपनि उनलाइ काठमाडौ, काभ्रे, नुवाकोट, भोजपुर, दाङ र उदयपुर जिल्लाका हिरासतमा राखेको थियो ।

त्यसबीचमा उनका छोरा तथा भाइले पटक पटक सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए । ती रिटमा सुनुवाइ गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिए पनि प्रहरीले तत्कालै पक्राउ गर्ने गरेको थियो । तर यसपटक भने उनलाई प्रहरीले पुनः पक्राउ गरेको छैन ।

९ आश्विन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको