दाङको कोरोना विशेष अस्पतालबाट स्वास्थ्य परिक्षण सुरु

चौबिसै घण्टा चिकित्सक


चैत १४, दाङ । नेपाल संस्कृत विश्वविद्यालय आयुुर्वेद शिक्षण अस्पताल बेलझुण्डीमा सञ्चालित कोरोना विशेष अस्पतालमा उपचार सेवा सुरु भएको छ ।

एकसय बेड क्षमताको कोरोना विशेष अस्पताल बेलझुण्डीमा बिहिवार विहिबारदेखि सेवा सुरु गरिएको हो । विशेष अस्पतालको सेवा सुरु भएको पहिलोदिन आज दुईजनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

जसमा घोराही उपमहानगरपालिका वडा नं. १२ हापुुरका २३ र तुलसीपुुर उपमहानगपालिका वडा नं. १८ का अक्कासीका २४ वर्षिय, राजपुुरका ५१ वर्षिय एक बृद्ध

गरी तीनजनाको स्वास्थ्य परिक्षण गरिएको उपचारमा संलग्न चिकित्सक राप्ती प्रादेशिक अस्पताल तुुलसीपुुरका मेडिकल स्ुुपरिटेन्डेन डा. सर्वेश शर्माले जानकारी दिए ।

स्वास्थ्य परिक्षण पछि दुुईजना घर फर्किएका छन् । मौसम फेरबदलसँगै स्वास्थ्यमा देखिएको समस्याका कारण ती दुुईजना अस्पतालमा आएको स्वास्थ्य जाँच पछि

दुुवैलाई घर पठाइएको छ भने राजपुुरका ५१ वर्षिय बृद्धलाई अस्पतालमा राखिएको छ । जसको स्वास्थ्य जाँच अझै वाँकी रहेको छ ।

चौबिसै घण्टा चिकित्सक

बेलझुण्डीमा सञ्चालित कोरोना विशेष अस्पतालको स्वास्थ्य सेवा संञ्चालन सँगै अस्पतालमा चौबिसै घण्टा चिकित्सक सेवा सञ्चालन गरिएको छ ।

दाङको मध्धबिन्दुुमा रहेको अस्पतालमा जिल्लामा अन्य अस्पताल, स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण गरी पठाएका विरामीहरुको उपचार गर्नुुपर्ने भएकाले आवश्यक जनशक्ति सहित औषधीहरुको व्यवस्थापन गरिएको राप्ती प्रादेशिक अस्पताल तुुलसीपुुरका मेडिकल स्ुुपरिटेन्डेन्ट डा. शर्माले जानकारी दिए ।

विशेष अस्पतालका लागि सरकारले विशेष बजेट तथा व्यवस्थापनको काम गरिसकेकाले अस्पताल विरामीको पर्खाईमा रहेको उनले बताए ।

शर्माले भने– ‘जतिबेला विरामी आउछन् त्यतिबेलादेखि नै उपचारको काम सुुरु हुुन्छ । ’ राप्ती प्रादेशिक अस्पताल , स्थानीय तहका स्वास्थ्यकर्मी लगायतका क्षेत्रमा जनशक्ति व्यवस्थापन सहित सेवा सञ्चालन गरिएको शर्माले जानकारी दिए ।

रिफर विरामीलाई भर्ना

कोरोना विशेष अस्पताल बेलझुुण्डीमा जिल्लाका दश स्थानीय तहका स्वास्थ्यसंस्था, प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पतालले आवश्यक उपचारका लागि रिफर गरेमा मात्रै उपचार गरिने जनाएको छ ।

विरामीको स्वास्थ्य परिक्षण नै नगरी जिल्लाका स्वास्थ्य संस्थाहरुले विशेष अस्पतालमा विरामी पठाउने काम गरेकाले त्यो नगर्न विशेष अस्पतालले आग्रह गरेको छ । जसले समाजमा त्रास र व्यक्तिमा निराशा पैदा गर्ने, अस्पतालमा भिड बढाउने काम गर्ने भएकाले शंका लागेमा मात्रै सम्वन्धित अस्पतालले विशेष अस्पतालमा रिफर गर्नुुपर्ने प्रमुुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

उनले भने– ‘सरकार, राजनीतिक दलहरुको सहयोगबाट नै जनशक्ति आवश्यक औषधी उपकरणको व्यवस्था गरिएको छ ।’

१४ चैत्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको