सुनको मूल्य ८० हजार नाघ्यो


फागुन १२, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले अर्को नयाँ रेकर्ड कायम गरेको छ ।

सोमबार छापावाल सुन तोलामा १५०० रुपैयाँले बढेर ८० हजार ३०० रुपैयाँ पुगेको छ । यसअघि आइतबार छापावाल सुन तोलामा ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ८० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता सोमबार रु ५ बढेर ९२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

१२ फाल्गुन २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको