परिवर्तन गाउँपालिकाको चालु आर्थिक बर्ष २०७९/०८० को संक्षिप्त वित्तीय प्रगति विवरण सार्वजनिक


असार २६, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को संक्षिप्त वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ।मंगलबार गाउँपालिकाले आफ्नो चालु आर्थिक बर्ष २०७९/०८० को संक्षिप्त वित्तीय प्रगति विवरण सार्वजनिक गरेको हो।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान ९ करोड ६६ लाख,समपूरक अनुदान १८ करोड १ लाख,शसर्त पुँजीगत अनुदान १ करोड ५८ लाख,विषेश अनुदान २ करोड १२ लाख र राजस्व बाँडफाँड बाट ९ करोड ८ लाख ५३ हजार गरि कुल जम्मा बजेट ४० करोड ४५ लाख ५३ हजार संघीय सरकारबाट प्राप्त भएको थियो।

त्यस्तै प्रदेश सरकारबाट प्राप्त भएको समानीकरण अनुदान ५१ लाख ५ हजार,राजस्व बाँडफाँडबाट ४९ लाख २० हजार,समपूर अनुदान १ करोड ५० लाख,विषेश अनुदान ६० लाख,शर्सत अनुदान पुँजीगत ८० लाख गरि कुल ३ करोड ९० लाख २५ हजार गरि परिवर्तन गाउँपालिकामा सबै संघीय सरकार र प्रदेश सरकार बाट कुल ४४ करोड ७० लाख ७८ हजार चालु आर्थिक बर्ष २०७९/०८० मा प्राप्त भएको थियो।चालु आर्थिक बर्ष २०७८/०७९ अन्तिम असार १० गते नीति तथा कार्यक्रम बनाएको ४४ करोडको कार्यक्रम बनाएको थियो।

चालु आर्थिक बर्ष २०७९/०८० मा परिवर्तन गाउँपालिका योजना संख्या २ सय ३० रहेको थियोे भने संघीय र प्रदेश गरि परिवर्तन गाउँपालिकामा २६९ वटा योजना रहेको थियो।जसमा १६ वटा ठेक्का मार्फत निर्माण र सम्पन्न भएको थियोे भने अरु सबै उपभोक्ता समिति मार्फत निर्माण र सम्पन्न भएको थियो। ती सबै काम सम्पन्न भएर असार १५ गतेसम्म सबै योजनाको भुक्तानी दिन परिवर्तन गाउँपालिका सफल भएको छ।चालू आर्थिक बर्ष २०७९/०८० मा योजना तर्जुमा भएका सबै योजनाको पुष मसान्तसम्म सम्झौता गर्ने लक्ष्य परिवर्तन गाउँपालिकाले लिएको थियो।

सबै योजनाहरु खानेपानी,सडक,स्वास्थ्यका भवन,शिक्षाका भवन लगायत सबै २६९ वटै योजनाको भुक्तानी दिन सफल भएको परिवर्तन गाउँपालिकाका लेखापाल हरिश डाँगीले जानकारी दिएका छन । हामीले असार १५ गते भित्र सबै योजनाहरुको भुक्तानी दिन सफल भएका थियौं भने संघीय र प्रदेशको पनि शर्शत,समपूरक र विशेष अनुदानको पनि बाँकी फिर्ता गर्नुपर्ने रकम असार २४ गते भित्र फिर्ता गरिसकेका छौं,डाँगीले भने।

परिवर्तन गाउँपालिकाले चालु आर्थिक बर्ष २०७८/०८० मा चालू बजेट ३३ करोड ४३ लाख ६० हजार ७ सय ९९ रुपैयाँँ ५६ पैसामा २७ करोड ८३ लाख ७५ हजार ९ सय ४४ रुपैयाँ ८० पैसा खर्च भएको हो भने चालु खर्च ८३.२५ प्रतिशत भएको छ। त्यस्तै पुँजीगत बजेट १८ करोड ५७ लाख ५९ हजार ९ सय रुपैयाँँमा १६ करोड ९३ लाख ४२ हजार ८ सय ७४ रुपैयाँ ३२ पैसा खर्च भएको हो भने पुँजीगत खर्च ९१.१६ प्रतिशत भएको छ।हामी असार १५ गते भित्र परिवर्तन गाउँपालिका भित्रका सबै योजनाहरुको भुक्तानी दिन सफल भएको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले बताए।

अहिले हाम्रो पालिकाले समयमै भुक्तानीको काम सक्काएर सजिलो भएको छ, बुढा मगरले भने। हामीले पालिकाको तर्फबाट समयमै काम सकाएर असार १५ गते भित्र सबै योजनाको भुक्तानी लिन अनुरोध गरेका थियौं सोही अनुरुप अहिले परिवर्तन गाउँपालिकाले सबै काम समयमै सक्न सफल भएको छ,उनलेे भने।

रोल्पा जिल्लाका केही गाउँपालिकाले समयमै भुक्तानी दिन सक्दैनौं भनेर महालेखा परीक्षकलाई निवेदन लेखेको पनि देखियो तर हामीले परिवर्तन गाउँपालिकामा समयमै सबै योजनाहरुको भुक्तानी दिन सफल भएका छौँ र अर्को कुरा भुक्तानी दिनेमा रोल्पा जिल्लामा सके हामी पहिलो हुन्छौं यदि नभए पनि दोस्रो हुन्छौं,उनले भने।चालु आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग गर्नु हुने सम्पूर्ण वडा अध्यक्ष,वडा सदस्य,राष्ट्र सेवक कर्मचारी तथा सरोकारवाला सबैलाई आगामी दिनमा पनि यस्तै किसिमको सहयोगको अपेक्षा गर्दै धन्यवाद व्यक्त गर्दछु, बुढा मगरले भने।

२६ असार २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको