सुनछहरी गाउँपालिकाको चालु आ.व. २०७९ र०८० को वित्तीय प्रगति ७६.९५


असार २५, रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८०को वित्तीय प्रगति सार्वजनिक गरेको छ।

चालू आर्थिक वर्ष २०७९/०८० को सम्पुर्ण खर्च तथा भुक्तानी सम्वन्धि लेखाङ्कन कार्य २४ गते राति ८ बजेदेखि बन्द गरिएको जनाउँदै गाउँपालिकाले वित्तीय प्रगति सार्वजनिक गरेको हो।

गाउँपालिकाले जारी गरेको सुचना अनुसार सो आर्थिक वर्षमा चालू तर्फ विनियोजन गरेको रकम २७ करोड ४६ लाख १५ हजार ६ सय ४३ रुपैयाँ ६१ पैसा मध्ये २० करोड ९४ लाख २ हजार ७ सय २९ रुपैयाँ ९ पैसा अर्थात ७६.२५% र पुजीगत खर्च तर्फ विनियोजन रकम १६ करोड ७३ लाख ३१ हजार मध्ये १३ करोड ४ लाख ९५ हजार ५६ रुपैयाँ अर्थात ७७.९८ % वजेट खर्च भएको छ।

यस्तै समग्रमा कुल विनियोजित वजेट रकम ४४ करोड १९ लाख ४६ हजार ६ सय ४३ रुपैयाँ ६१ पैसा मध्ये ३३ करोड ९८ लाख ९७ हजार ७ सय ८५ रुपैयाँ ९ पैसा अर्थात् ७६.९ % विकास बजेट खर्च भएको र १० करोड २० लाख ४८ हजार ८ सय ५८ रुपैयाँ ५२ पैसा र मौज्दात रहेको प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्का द्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ।

साथै गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९/०८०को वजेट नीति तथा कार्यक्रम सफल रुपमा कार्यान्वयनमा सहयोग गर्ने निर्वाचित जनप्रतिनिधि ,कर्मचारी तथा सरोकारवाला सबैप्रति हार्दिक आभार समेत व्यक्त गरेको छ।

 

२५ असार २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको