आ.ब. २०७९/८० मा रोल्पा नगरपालिकाको बित्तिय प्रगति ९४.९१ प्रतिशत


असार २५, रोल्पा । रोल्पा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ९४.९१ प्रतिशत बित्तिय प्रगति गर्न सफल भएको जनाएको छ ।

नगरपालिकाको चालुतर्फ ४२ करोड ८४ लाख ९५ हजार दुईसय बयासी रुपैंया मध्ये ४१ करोड १८ लाख ३ हजार ६ सय ८३ रुपैंया खर्च भएको जनाएको छ । जसमा ९६.१० प्रतिशत खर्च भएको छ ।

यस्तै पूंजिगततर्फ २८ करोड ७ लाख १७ हजार ५ सय ५२ रुपैंया मध्येबाट २३ करोड तिन लाख २२ हजार ५ सय ६३ रुपैंया खर्च भएको जनाएको छ जसमा ८२.०७ प्रतिशत खर्च भएको छ । यस्तै अन्तरसरकारी तर्फ १५ करोड ३९ लाख ४ हजार दुई सय रुपैंयाबाट १५ करोड १४ लाख २ हजार २ सय १२ रुपैंया खर्च भएको छ जसमा ९८.३८ प्रतिशत रहेको छ ।

सबै जम्मा गरी कुल बिनियोजन रकम रु ८६ करोड ३१ लाख १७ हजार ३४ रुपैंया र कुल खर्च रकम ७९ करोड ३५ लाख ४६ हजार ४ सय ५८ रुपैंया भएको छ । प्रतिशतमा ९४.९१ रहेको रोल्पा नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख बसन्त गिरीले जानकारी दिनुभयो । यो वर्षको अत्याधिक काम सम्पन्न भएपश्चातको सन्तोषजनक प्रगति रहेको आर्थिक प्रशासन शाखा प्रमुख गिरीको भनाई छ ।

नगरपालिकाको रु ६ करोड ९५ लाख ७० हजार ५ सय ७५ रुपैंया ७१ पैसा बाँकी बजेट रकम रहेको लेखाशाखाले जानकारी दिएको हो । यस आर्थिक वर्ष २०७९ \ ८० को बजेट, नीति, योजना तथा कार्यक्रम सफलतापूर्वक कार्यान्वयनमा सहयोग गर्ने सबै जनप्रतिनिधिहरु, कर्मचारीहरु, कोष तथा लेखा नियन्त्रक कार्यालय रोल्पा, बिषयगत शाखा प्रमुखहरु, निर्माण ब्यवसायी, उपभोक्ता समिति तथा सरोकारवालाहरु सबैलाई रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली र आर्थिक प्रशासन शाखा प्रमुख बसन्त गिरीले धन्यवाद दिनुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पराजुली र आर्थिक प्रशासन शाखा प्रमुख गिरीद्धारा हस्ताक्षरित प्रतिवेदन सार्वजनिक गर्दै धन्यवाद दिएको रोल्पा नगरपालिकाले जनाएको छ ।

२५ असार २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको