२५, असार रोल्पा । लुङग्री गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९\ ८० को बित्तिय प्रगति सार्वजनिक गरेको छ ।
लुङग्री गाउँपालिकाको वास्तविक आयको तुलनामा कुल खर्च ९४.७९ प्रतिशत भएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज बुढाले बताउनुभयो । गाउँपालिकाको वास्तविक आय रु ४७ करोड ५७ लाख ५७ हजार ५८ रुपैंयामा ४५ करोड ९ लाख ७५ हजार ९ सय १३ रुयैंया खर्च भएको गाउँपालिकाले सूचना जारी गर्दै जनाएको छ ।
जसमा पुँजीगत खर्च १९ करोड ५७ लाख चार हजार ८३ रुपैंया छ जसलाई प्रतिशतमा हेर्दा ८९.१० प्रतिशत रहेको छ । यस्तै चालुतर्फको खर्च रु २५ करोड ५२ लाख ७५ हजार ४ सय ३० रुपैंया प्रतिशतमा ८१.४२ प्रतिशत रहेका गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट निती तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारीहरु तथा सरोकारवालाहरु सबैलाई धन्यवाद समेत ब्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस