छत्रेश्वरीमा राष्ट्रपति रनिङ शिल्डको तयारी सुरु

खेलकुद विकास समितिको पहिलो बैठक सम्पन्न


पुस १९, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्डको तयारी गर्न खेलकुद विकास समितिको पहिलो बैठकमा विभिन्न छलफल भएको छ । सो अवसरमा पालिका स्तरिय खेलकुद विकास समितिका सम्पुर्ण पदाधिकारीलाई मनोनयन पत्र समेत प्रदान गरिएको छ ।

मनोनयन पत्र हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले यहि पुसको २६ देखि २८ गते सम्म शारदा माध्यमिक बिद्यालय शंखमुलमा संचालन हुने पालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाइ व्यवस्थित तवरले सम्पन्न गर्न तथा खेलकुद गतिविधिहरुलाइ प्रभावकारी रुपले अघि बढाउन समितिका सबै सदस्यहरुको महत्वपुर्ण जिम्मेवारी हुने बताए ।

यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीली नवगठित खेलकुद विकास समितिको सकृयता र शृजनशिलताको अपेक्षा व्यक्त गरेका थिए ।

राष्ट्रपति रनिङ शिल्ड संचालनका लागि आगामी कार्ययोजना, तयारी सहितको पहिलो बैठक सम्पन्न भएको खेलकुद विकास समिती छत्रेश्वरीका अध्यक्ष सुरेन्द्र चन्दले जानकारी दिए । पुस १७ गते छत्रेश्वरी गाउँपालिकाको गाउँ शिक्षा समितिले राष्ट्रपति रनिङ शिल्ड संचालनका लागि आवश्यक निर्णय गरेको र त्यसैको तयारी लगायतका सन्दर्भमा विहिबार समितिको बैठक सम्पन्न भएको समितिका सदस्य सचिव तथा गाउँपालिकाका शिक्षा अधिकृत केशर वलीले जानकारी दिए ।

छत्रेश्वरी गाउँपालिकाको खेलकुद विकास समिती गठन तथा कृयाकलाप संचालन सम्बन्धि कार्यविधी, २०८० बमोजिम गत कार्तिक २० गतेको कार्यपालिका बैठकले पालिका स्तरिय समिति गठन गरेको थियो ।

१९ पुष २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको