भिमसेन मावि सैबाङको बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न


भदौ १४, रोल्पा । रोल्पा जिल्ला रुन्टिगढी गाउँपालिका वडा न. ५ सैबाङमा रहेको श्री भिमसेन मा.वि ले आफ्नो आर्थिक बर्ष ०७९/८० को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

मिति २०८० भाद्र ११ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रवीर घर्तीको अध्यक्षतामा सुरुभएको भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गोबिन्द बहादुर डागी, अतिथि वडा सदस्य नन्दलाल बस्नेत, दलित महिला सदस्य लक्ष्मि नेपाली, शिक्षा समितीका सदस्य भिम ब दशौदी र गौमती बि.क, सामाजिक परिक्षण उपसमिति संयोजक सुकबिर घर्ती, सामाजिक परिक्षण उपसमिति विज्ञ सदस्य शिवा गिरि , पुर्व बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम ब घर्ती, लगाएत बिद्यालयका शिक्षक, शिक्षिका, अभिभावक लगाएत बिद्यार्थीहरुको उपस्थितमा भएको हो ।

सामाजिक परिक्षण समिती तथा बिज्ञ उपसमितिका सदस्य खगेन्द्र के.सि ले आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेन पेस गर्दै कुल रकम २०५,५६,९२७.४८ बराबरको आयव्यय प्रतिवेदन पेस गर्नुभएको थियो ।

त्यस लगत्तै विद्यालयका प्र.अ जोख बहादुर रोका ले भौतिक, शैक्षिक लगाएत विविध पक्षका सामाजिक परिक्षणका लागि महत्त्वपुर्ण भुमिका खेल्ने सामाजिक परिक्षण समिती, विज्ञ उपसमिति, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा भेलामा उपस्तिथि सम्पुर्णलाई धन्यवाद दिदै विद्यालयको प्रगती विवरण प्रस्तुत गर्नुभएको हो ।

सो कार्यक्रम रुन्टिगढी गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरु मध्य सबै भन्दा पहिले आफ्नो सामाजिक लेखा परिक्षण गर्ने बिद्यालय हो । हाल सम्म रुन्टिगढी गाउँपालिका भित्रका कुनै सामुदायक बिद्यालयहरुले सामाजिक लेखा परिक्षण गरेका छैन्न ।

उक्त कार्यक्रम श्री भिमसेन मा.वि सैबाङ ले विद्यालय व्यवस्थापन समितिको बैठक बाट सामाजिक परिक्षण समिति गठन गरि उक्त समिती मार्फत बिज्ञहरुको उपसमिति गठन गरि विज्ञहरुको उपसमिति गठनपछि उपसमितिको लगातार ३ दिनको गृहकार्यपछि आर्थिक ०७९/८० को प्रतिवेदन तयार गरिएको हो । समितिले गरेको सो प्रतिवेदन माथी उपस्थितहरु बिच बृहत खुल्ला छलफल तथा अन्तरक्रिया र आवश्यक सम्सोधन गरि भेलाले पारित गरेको हो ।

त्यस लगत्तै कार्यक्रमको समापन गर्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रवीर घर्तिले विद्यालयमा आफ्नो कार्यकालमा राजनीति घुस्न नदिने बताउदै सम्पुर्ण उपस्थितिहरुलाइ धन्यवाद दिदै कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभएको थियो ।

कार्यक्रमको संचालन भने सोही विद्यालय कि शिक्षिका खिमा महराले गर्नुभएको थियो ।

१४ भाद्र २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको