दाङमा खोलाले स्कार्पिओ बगायो

फाइल तस्बिर

साउन ९, दाङ । दाङमा एक खोलाले स्कारपिओ बगाएको छ ।

तुलसीपुर उपमहानगरपालिका -१४ जनकपुरमा स्थानीय खोलाले बा ११ च ९५११ नम्बरको स्कारपिओ बगाएको हो ।

घोराही तर्फ जाँदै गरेको उक्त स्कारपिओलाई बिहान पौंने ११ बजेतिर बगाएको प्रहरीले बताएको छ । तर, त्यसमा चालक मात्रै सवार थिए ।

उनको उद्दार गरिसकिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए । गाडीलाई साढे १ बजेतिर निकालिएको प्रहरीले जनाएको छ ।

९ श्रावण २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको