दाङमा जस्ले आफ्नै बुहारीको कन्यादान गरिदिए…


यमकला भुसाल/फागुन २५, दाङ । दाङको तुलसीपुरमा सासु ससुराले बुहारीको विवाह गराइदिएका छन ।

बिहीबार तुलसीपुर उपमहानगरपालिका ६ शिखर काेलाेनी निवासी शिव श्रेष्ठ र बिना श्रेष्ठले आफ्नो एकल बुहारी आरती श्रेष्ठको बर्दघाट नगरपालिका वडा नं. ५ पालडाँडा निवासी चन्दन ध्वज केसीसगं विवाह गरिदिएका हुन् ।

शिव श्रेष्ठका छोरा सुविन श्रेष्ठको २०७४ साल कात्तिक ५ गते ३३ वर्षको उमेरमा (क्यान्सर रोग)को उपचारको क्रममा निधन भएको थियो । छोराको मृत्युपछि एक्लिएकी बुहारीलाई छोरीको रुपमा लिएका थिए ।

यो पनि पढ्नुहाेस 

दाङमा बिहे गरेकि बुहारीले गरिन यस्तो अचम्मको निर्णय (नालिवेलीसहित)

३० वर्षीय आरती सासु बिना र ससुरा शिव श्रेष्ठसगं तुलसीपुरमा बस्दै आएकी थिइन । छोरी आरतीको सुन्दर भविष्यको कामना गर्दै कन्यादान गरि विवाह गराइदिएको शिव श्रेष्ठले बताए ।

‘छोराछोरी नभई विधवा भएपछि अलपत्र परेका धेरैका छोरी छन्,श्रेष्ठले भने,‘घर माइतीले उनका समस्या नबुझेर जिन्दगी भर दुःख पाएका पनि छन्,तर हामीले बुहारी पनि छोरी सरह हुन, हामीले छोरीको भविष्यका लागि घर पक्ष र माइतीका सबैको सल्लाहले विवाह गरिदियौं ।’

यो विवाहले बुहारी पनि छोरी सरह नै हुन भन्ने सकारात्मक सन्देश दिएको र यसले महिला हिंसा न्युनिकरणमा थप सहयोग पुग्ने अधिकारकर्मी सुस्मा गिरी बताउँछिन ।

आरतीको विवाहमा यहाँका जनप्रतिनिधी, स्थानीय राजनितिक दलका नेताहरुगणहरु, पत्रकार लगाएत विभिन्न क्षेत्रका व्यक्तीहरुको सहभागिता रहेको थियो ।

२५ फाल्गुन २०७९, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको