राेल्पामा बस दुर्घटना हुँदा एक दम्पती सहित ४ जनाकाे मृत्यु, १९ जना घाइते (नामावली सहित)


साउन २३, रोल्पा । राेल्पाबाट दाङका लागि छुटेको बस दुर्घटनामा परी एक दम्पतिसहित ४ जनाको मृत्यु भएको छ ।

राेल्पाकाे परिवर्तन गाउँपालिका बागमारा बजारबाट दाङकाे घाेराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस सहिदमार्ग सडक खण्ड अन्तर्गत त्रिवेणी गाउँपालिका ७ तिलाबजार नजिक रिचि भन्ने ठाउँमा घुम्तीबाट तल खसेकाे थियाे।

दुर्घटना परि ज्यान गुमाउनेमा माडी गाउँपालिका बस्ने बर्ष अन्दाजी २१/२२ को प्रकाश बाठा, साेहि गाउँपालिका – ४ बस्ने अन्दाजी ५०/५१ बर्षको गोर्खे डाँगी र उनकि श्रीमती ५० बर्षिया हस्ता डाँगी र परिवर्तन गाउँपालिका -३ बस्ने ४५/४६ बर्षको भक्त बि.क रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक साम सारु मगरले बताए । मृत्य हुनेमा गोर्खे डाँगी र हस्ता डाँगी श्रीमान श्रीमती हुन् ।

दुर्घटनामा १९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भिर घाइते हुनेमा राेल्पा नगरपालिका -६ दार्वोटका २५ वर्षीय कमान सिंह घर्ति, गाउँपालिका -२ घर्तिगाउका २० वर्षीय जितेस बाठा र त्रिबेणी गाउँपालिका-२ नुवागाउँकि १७ वर्षीय पुर्णीमा बुढा रहेका छन् ।

यस्तै घाइते हुनेमा माडी गाउँपालिका -६ का १४ बर्षीयको नबिन बुढा, त्रिबेणी गाउँपालिका -७ छम्पासुनारीका ६२ बर्षीय कमान सिंह सुनार, माडी गाउँपालिका -४ का ९ वर्षीय मिलन डाँगी, माडी गाउँपालिका -६ कोर्चावाङ का १५ वर्षीय मुकेश पुन,माडी गाउँपालिका -२ घर्तिगाउकि २३ वर्षीय हिमानी घर्ति, उनकाे छोरा ११ महिनाको ओल्सन घर्ति, माडी गाउँपालिका-४ कि २२ वर्षीय कबिता खड्का, उनकाे छोरा ५ वर्षीय युस खड्का र माडी गाउँपालिका-४ कि २६ वर्षीय मिना डाँगी रहेका छन् ।

यसैगरी माडी गाउँपालिका -२ घर्तिगाउकि २८ वर्षीय तिरपना बाठा, परिवर्तन गाउँपालिका-३ का २४ वर्षीय खुम्बु बुढा, बेणी गाउँपालिका-२ नुवागाउँकि १३ वर्षीय स्मिता बुढा, माडी गाउँपालिका-२ कि ४० वर्षीय बिर्जना घर्ति, माडी गाउँपालिका-२ घर्तिगाउँका २४ वर्षीय कमल खड्का, राेल्पा नगरपालिका -६ दारबोटका २४ वर्षीय ईन्द कुमार घर्ति र बस चालक दाङ घोराही उपमहानगरपालिका -१२ हापुरका २४ वर्षीय हुमराज बस्नेत घाइते भएका  छन् ।

घाइतेहरुलाई जिल्ला अस्पताल रेउघा पठाएको अवस्था हेरेर जिल्ला बाहिर रिफर गर्ने तयारी समेत रहेकाे र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक मगरले बताए । बस मंगलबार दिउँसो करिब  १  बजे दुर्घटनामा परेको हाे । चिप्लो बाटाेमा तिव्र गतिमा रहेकाे बसले घुम्तीमा नियन्त्रण गुमाउदा दुर्घटनामा परेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

२३ श्रावण २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको