दाङ जादै गरेको यात्रुबहाक बस रोल्पामा दुर्घटना


साउन २३, रोल्पा । रोल्पाको बागमाराबाट दाङ घोराहीका लागि छुटेको बस रोल्पा दुर्घटना भएको छ ।

सहिद मार्ग अन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ को रिचि घुम्तिमा ना ५ ख २६१२ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा तीन गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुई जना पुरुष र एक जना महिला गरी तीन जना घाइते गम्भीर भएको जिल्ला प्रहरी कार्यालयका रोल्पाले जनाएको छ । अन्य घाइतेको उद्धार कार्य भैरहेको छ । बसमा १० जना यात्रु सवार रहेको बताएको छ ।

बस मोडबाट सिधै तल खसेको हुनाले ठुलो मानवीय क्षती हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा ससस्त्र प्रहरी र नेपाल प्रहरी  स्थानीयले उद्दार गरिरहेका छन् । थप विवरण आउन बाँकी…

 

२३ श्रावण २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको