दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा ११ जना घाईते

फाइल तस्बिर

चैत २४, दाङ । दाङमा सवारी दुर्घटना हुँदा ११ जना घाईते भएका छन्

बिहिवार दिउँसो करिब साढे ३ बजेको समयमा लमही नगरपालिका–६ मसोटखोला नजिक नेपालगञ्जबाट घोराही तर्फ आउदै गरेको भे १ ख २३१९ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा ११ जना घाईते भएका हुन् ।

घाईते हुनेमा बंगलाचुली गाउँपालिका-४ फाटाका २८ बर्षिय रिना पुन मगर, घोराही उपमहानगर-३ भैसपुरका २८ बर्षिय तुलसी चौधरी, तुलसीपुर-१७ का २४ बर्षिय विकास कार्की, घोराही-१८ का २० बर्षिया बबिता जिसी र बर्दियाको राजपुर नगरपालिका-८ का ३० बर्षिय प्रकास थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिए ।

यस्तै घोराही-१० का ५० बर्षिय सिता नेपाली, ५२ बर्षिय गोबिन्द नेपाली र १० बर्षिय डिलीसा नेपाली रहेका छन् । घाईते ८ जनाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

यसैगरी प्युठानको झिम्रुक गाउँपालिका-५ का ४६ बर्षिय अमृता पुन, प्युठानको प्युठान नगरपालिका-५ का सरिता केसी र बाँकेको राप्ती सोनारी गाउँपालिकाका-८ ३४ बर्षिय अमृता बुढाथोकी रहेका छन् । यि तिन जनाको कृपा मेडिकल लमहीमा उपचार भइरहेको डिएसपी गौतमले जानकारी दिए।

बस चालक फरार भएकाले खोजीकार्य भइरहेका छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तुलसीपुरमा अटो दुर्घटना तीन जना घाइते

यस्तै दाङको तुलसीपुरमा अटो दुर्घटना तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा अटोमा सवार तुलसीपुर–१३ रनियापुर निवासी ३२ वर्षीया बिमला कुमारी विक, घोराही–१६ निवासी २५ वर्षीय सुनिता गौतम र उहाँकी ५ वर्षीय छोरी अस्मिता गौतम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार तुलसीपुर १३ रनियापुरबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह ४५१८ नम्बरको नम्बरको अटो आफै अनियन्त्रीत भएर अम्वापुर नजिकै दुर्घटना भएको हो ।

घाइते तिनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका अटो चालक तुलसीपुर–१३ रनियापुरका ३० वर्षीय करण साहीलाई नियनत्रणमा लिएर घाइतेको उपचारमा संलग्न गराएको प्रहरीले जानकारी दिएको छ ।

 

२४ चैत्र २०७९, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको