सामुहिक देउसी भैलो मार्फत समृद्ध सिदिङ्वा नागरिक एकता समाजमा ६ लाखको अक्षयकोष निर्माण


समृद्ध सिदिङ्वा नागरिक एकतासमाज अक्षयकोष निर्माण लागि सिदिङ्वा गाउपालिकाको ७ वडाको  १५ केन्द्रमा  “देउसी भैलो-२०८०” सम्पन्न गरेको गरेको छ | सस्थाको सम्पूर्ण पदाधिकारीहरुको सहभागितामा, यस कार्यक्रमको संचालन सस्थाका सचिब कृष्ण गौतमले गर्नु भएको थियो भने सभापतित्व यसै सस्थाका अध्यक्ष प्रकाश भण्डारी ज्युले गर्नु भएको थियो |

प्रमुख आतिथि सघिय प्रतिनिधि सभाका सासद माननीय लिलादेबी बोखिम ज्युको उपस्तिथीमा कार्यक्रमको उद्घाटन   वडा-१ को तेम्बोक केन्द्रबाट गर्नु भएको थियो भने सम्पन कार्यक्रम वडा-४ को साब्लाखु  केन्द्र “क” मा पालिकाका उपाध्यक्ष कृष्ण कुमारी कडरिया (बन्दना) उपस्थिति रही,  यस सस्थाको पूर्वसमितिका मान्यजनहरुको  साथ सहयोगमा जम्मा ५०४  घर परिवारको सहभागितामा कार्क्रम समापन भएको थियो |

यसै गरि प्रमुख अतिथिहरुमा माननीय योगेश भट्टराई (मेहेल केन्द्र), गाउपलिका अध्यक्ष मान बहदुर राई, गीता कुमारी सेन्दाङ् लिङ्देन सादेवा क/ख”, प्रदिप राई आङ्खोप “क” पालिका उपाध्यक्ष कृष्ण कुमारी कडरिया बन्दना आङ्खोप “ख”, धर्म राज घिमिरे आङ्खोप “ग” र साब्लाखु “ख” नरेन्द्र कटुवाल साब्लाखु “ग”, कृष्ण कुमारी कडरिया बन्दना लिम्बुदीन ” क”, देउबहादुर ताम्लिङ लिम्बुदीन ‘ ख” -जीवन ताम्लिङ लिम्बुदीन ” ग “, हिमाल राई मेहेले “क” केन्द्र माननीय योगेश भट्टराई मेहेल “ख किशोर राई सुरुम्खिम “क” सजन पौडेल -सुरुम्खिम “ख” किशोर राई मा उपस्तिथी रहेको थियो | बिशेष अतिथिको रुपमा नेपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, पाथिभरा बहुमुखी क्यपास प्रमुख साजन पौडेल, श्री भानु उच्च माबिका प्र.अ. किसोर राई, इन्जियिर बिरेन्द्र श्रेष्ठ, मणिशंखर पोमु ज्यु उपस्तिथी रहेको थियो |अन्य अतिथिकोहरुमा सिद्दिङ्वा गाउपलिकाका सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, अन्य सदस्यहरु, पूर्व जनप्रतिनिधिहरु साथै प्रकाश राई (कैलाश), राज कुमार बानिया साथै समाज सेवी र बुद्दिजीबीहरुलाई उपस्तिथ हुनु भएको थियो |

देउसी भैलो कार्यक्रमलाई औपचारिक रुप दिनको लागि स्थानीय कलाकारहरु तोया  नाथ  कटुवाल, टीका लिङ्देन, सुनिता पन्दाक, देबीका गौतम, अस्मि लिङ्देन साथ दिनु भएको थियो  भने आमन्त्रित अथिति इञ्जिएय बिरेन्द्र श्रेष्ट ज्युले सबै कार्यक्रममा गित प्रस्तुत गरि कार्यक्रमको सोभा बढाउने काम गरि दिनु भएको थियो |यसरी नै कार्यक्रमलाई सफलता दिलाउनको लागी कार्यक्रमको ब्यानर ओमेंछा राई, मेहेले, सुरुम्खिम र साब्लाखुको समापन कार्यक्रममा कमल बानियाँले साउन्ड सिस्टम, वडा -१ का अध्यक्ष गोपाल बानिया (कालीखोला), सिंहदेबी आ. बि का प्र टेक बहादुर महत (साब्लाखु), वडा न. ६ अध्यक्ष  रत्न कुमार लिङ्देन ज्यु अतिथिहरुको टोलिलाई खाना को व्यवस्था देउसे भैलो टोलिलाई खाना ब्यबस्था गरि दिनु भएको थियो भने आङ्खोप युवा समाज आङ्खोप – ३, सन्त पावल बिलिवर्स स्टन चर्च सादेवा र थातथलो अभियान पौडेल प्रतिष्ठान नेपाल मार्फत गणेश पौडेल ज्युले आर्थिक सहयोग प्रदान गर्नु भएको थियो |

समृद्ध सिदिङ्वा नागरिक एकतासमाजले, यो भन्दा पहिले स्थानीय सरकार सग सहकार्य गरि बिभिन्न प्रकारका मानबिय/सामाजिक कार्य गर्दै आएको छ | कार्य निरतारताको क्रममा वडा-६ का सम्पुर्ण बिद्यालयहरु लाई लक्षित गरि ६ लाख रुपया भन्दा माथिको अक्षय कोस निर्माण गरिसको छ भने राज कुमार बानिया नेत्रिव्तको बिपत ब्यबस्थापन समिति सग सहकार्य गरि गत असारमा गएको बाडी पहिरो पिडितहरुलाई लगभग १६  लाख बराबरको राहत सकल गरि वितरण गरेको थियो |

यस कार्यक्रमको समनयनको भूमिका केसब राज गौतम, कबिराज ताम्लिंग लिम्बु  र आर्थिक हिसाब किताबको लागि भवानी माङ्मुले प्रबासबाट सहयोग गर्नु भएको थियो | कार्यक्रमको अन्त्यमा आयोजक समितिले आय व्ययको प्रस्तुति गरे सम्पूरण सहयोग दाताहरुलाई आभार व्यक्त गर्नु भयो | यस कार्यक्रमले सिद्दिङ्वाबासि सगै माननीय ज्युहरु, डाक्टर, इन्जिनियर, वकिल, प्रशासक, ब्यबस्थापक, बिबिन्न तहका कर्मचारी, बैदेशिक रोजगारी रहने प्रबासीहरु, प्राध्यापक, शिक्षक, स्थानीय कृषक, बालबालिका र ब्यापारीहरुलाई एकै स्थलमा भेला गर्ने वाताबरण बनेको थियो साथै सिद्दिङ्वामा जन्म भै हाल इलाममा बसोसबा गर्नु हुने प्रकाश मान कडरियाले रुपया ५०,००० हजार सहयोग गर्ने प्रतिबद्दता  गर्नु भयो |

 

१८ मंसिर २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको