माघ १ गते, सोमवार ।
मगरहरुको महान राष्ट्रिय सास्कृतिक पर्व माघ्या सकराटी पर्वको पावन अवसरमा नेपाल मगर शाखा युएईले आयोजना गरेको विशेष सास्कृतिक पर्व एकदमै भब्य रुपमा मनाइएको छ ।
नेमस शाखा युएई का अध्यक्ष नयन घर्ती मगरको सभापतित्वमा रहनु भएको उक्त कार्यक्रममा आदिवासी जनजाती महासघ युएईका अध्यक्ष बिक्रम लिम्बू प्रमुख अतिथि रहनु भएको थियो । नेपालेपाल मगर संघ शाखा युएईका प्रमुख संरक्षक टंक थापा मगर, उप संरक्षक डोल राना मगर, निवर्तमान प्रमुख सल्लाहकार शिला राना मगर, नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्याल, ग्लोबल एन आर एन ए एन सिसि युएईका अध्यक्ष पासाङ शेर्पा साथै समाजसेवी पदम राना मगर समाजसेवी तिल बहादुर थापा, नेमस शाखा युएईका भुतपुर्व उप संरक्षक खुम आले मगर, सुनिता थापा मगर लगायत अन्य बिशिस्ट अतिथीहरुको उपस्थिति थियो ।
साथै जिल्ला सस्थाका प्रमुखहरु र विभिन्न मगर र गौरमगर बुद्धिजीवी, दर्शकहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सप्पन्न भयो । कार्यक्रमको मुख्य प्रायोजक युएईमा लामो समय देखि आफ्नो ब्यबसाय गरि रहनु भएका सफल ब्यबसायी Infiniti Flowers & Purple Patch Flowers का म्यानेजिङ्ग डिरेक्टर रोम ताङ्गनामी मगर र उहाँकी धर्म पत्नी शान्ति ताङ्गनामी मगरको पनि बिशेष उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको औपचारिक कार्यक्रम संचालन नेमस शाखा युएईका महासचिव होम रजाली मगरले गर्नुभएको थियो भने अनौपचारिक तर्फको सास्कृतिक कार्यक्रम नेमस शाखा युएईका सास्कृतिक विभाग प्रमुख तारा सुनारी मगर र नेमस अबुधाबी क्षेत्रिय समितिका सचीव कबिता राना मगरले गर्नु भएको थियो । कार्यक्रम संयोजक नेमस शाखा युएईका वरिष्ठ उपाध्यक्ष बिष्णु राना मगरले कार्यक्रममा उपस्थित दर्शकहरुलाई स्वागत मन्तव्यबाट स्वागत गर्नुभएको थियो ।
त्यस्तै युएईका सातै स्टेटका क्षेत्रिय समितिको नेतृत्व गरि नेमस शाखा युएई दुबई क्षेत्रिय समितिका अध्यक्ष नरजित राना मगरले शुभकामना मन्तव्य राख्नु भएको थियो । नेपाल देखि आउनु भएका मगर पत्रकार सँघका सचीव याम गाहा मगरले पनि आफ्नो मन्तब्य दिनुभएको थियो ।
नेपाल मगर सघ शाखा युएईका प्रमुख संरक्षक टंक थापा मगर, प्रमुख अतिथि नेफिन युएईका अध्यक्ष बिक्रम लिम्बूले पनि शुभकामना मन्तब्य दिनुभएको थियो । कार्यक्रमका अध्यक्ष नयन घर्तिमगरले आफ्नो बहुमुल्य समय कार्य ब्यस्तताको बाबजुद पनि निमन्त्रणालाई स्वीकार गरि पाल्नु भएका प्रमुख अतिथि विशेष अतिथी साथै अतिथी कलाकारहरु अतिथीहरु, स्थानीय कलाकार लगायत सबैप्रति आभार प्रकट गर्नुभो ।
नेपालदेखी आउनुभएका शब्द संयोजन तथा सर्जक संगीतकार, नेपाल मगर सघ सास्कृतिक केन्द्रका महासचिव डोलराज बारघरे मगरको प्रस्तुतिले उपस्थित दर्शकहरुलाई प्रशस्त मनोरञ्जन प्रदान गर्नुभएको थियो । त्यस्तै प्रख्यात थाली नाच नृत्यङ्गाना एलिजिवा पुर्जा पुन मगरको प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । थाली प्रस्तुति यो नाच सम्भवत युएईमै पहिलो पटक हुनुपर्छ ।
नेपालबाटै पाल्नु भएका चर्चित लोक दोहोरी गायिका तारा लामिछाने मगरको प्रस्तुति पनि उत्तिकै बेजोड थियो ।
मगर पन्चेबाजा टिमको प्रस्तुति पनि दमदार थियो । लाङ्गघाली संगीत संसार युएईको टिपिकल लाईभ सालैजो साथै नेमस शाखा युएई केन्द्रिय/क्षेत्रिय कलाकारहरको संयुक्त लाईभ कौडाले उपस्थित सम्पुर्ण महानुभावहरुलाई भरपुर आनन्द दिएको थियो । कार्यक्रमका प्रमुख अतिथि, अतिथि कलाकारहरु विशेष अतिथी, अतिथीहरुलाई मगर पन्चेबाजा टिमले भब्य रुपमा स्वागत गरेको थियो।
प्रतिक्रिया दिनुहोस