करेन्ट लागेका सुनवलका ८ बर्षीय बालकलाई रु.३३,००० सहयोग हस्तांतरण


करेन्ट लागेका सुनवलका ८ बर्षीय बालकलाई रु.३३,००० सहयोग हस्तांतरण गरेको छ ।

आर्थिक अवस्था कमजोर नवलपरासी जिल्ला सुनवल असनैया हाल इंडिया बस्नु हुने ८ बर्षीय बालक आन्स थापामगर लाई online मगर संसार फोटो ग्यालरीको पहलमा संकलित सहयोग रकम रु.३३०००/- आज उहाँको आफन्तिको हातमा मगर संसारका एडमिन सागर झेडी मगर द्वारा हस्तांतरण गरियो।
आन्स बाबू दशैमा नेपाल परिवारको साथमा आएको थियो र टिकाको भोली पल्ट करेन्ट लागेर शक्त घाइते भएको थियो। घरको आर्थिक अवस्था कमजोर रहेकोले उपचार खर्चको लागि सहयोगी मनहरुमा आह्वान गर्नु भएको थियो।यसै क्रममा मगर संसार बाट थोरै भयपनी सहयोग संकलन गरेको थियो।

सहयोग पठाउनु हुने सहयोगीहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछौं। सहयोगीहरु:-
१) हीरा पुन मगर – म्याग्दी हाल कोरिया कोरियन 25,000/- वोन

२) तेज पुलामी मगर(मगर संसार द्वारा आयोजित ग्रुप कल्चर फोटो प्रतियोगिता बिजेता पुरस्कार सहयोग ) – धादीङ् हाल दुबई रु.२,०००/-

३) रश्मि घिमिरे भट्टराई – बुटवल रु.२,०००/-

४)रेनुका थापा मगर – बुटवल देवीनगर रु.१०,०००/-

५) सन्जीब कुमार थापा – पोखरा हाल UK रु.५,०००/-

६) लक्षमण खुलाल मगर – बर्दघाट १ माकर मोतिबस्ति नवलपरासी हाल कोरिया कोरियन 35,000 /- won

७) अर्जुन राना मगर – कालीगण्डकी २ आलमदेवी स्याङजा हाल भूमहि नवलपरासी रु.१,५००/-

८) निरोज कुमार मित्र – सुनवल १ नवलपरासी हाल दुबई रु.२,८००/-

९) सुनित आले मगर – ktm चाबहिल रु.१२००/-

१०) कृसला खड्का -बर्दीबास रु.१०००/-

११) कृष्ण थापा मगर – सुनवल ३ क्रितिपुर नवलपरासी रु.१५००/-

टोटल रु.३३,०००/- मात्र

सहयोग पठाउनु हुने सहयोगी मनहरुमा विशेष धन्यवाद साथै बिरामी बाबुको स्वास्थ लाभको कामना गर्दछौं।
अध्यक्ष अनिल लामिछाने मगर (हाल कोरिया)

मगर संसार फोटो ग्यालरी परिवार

३ माघ २०८०, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको