हिलेमा पहिलो पटक यात्रुबाहक बस पुग्दा स्थानीय हर्षित


पुस १५, रोल्पा । दाङको तुल्सिपुरबाट रोल्पाको गङगादेव गाउँपालिकाको वडा नं.७ जायचौरदेखि तिमिले धप्री हुदै माडी गाउँपालिकाको वडा नं.३ हिलेमा पहिलो पटक यात्रुबाहक बस पुगेको छ । पहिलोपटक त्रिद्धेश्वरी राप्ती य‍ातायात प्रालीकाे रा १ ख १९१२ नम्बरको बस बुधबार पुगेको हो ।

बस धनी टंक बहादुर ओली र चालक युवराज डाँगीलाई तिमिले धप्रीका महिला आमा समूह र हिम शिखर युबा क्लब लगायत माडी गाउँपालिकाको न्यूभीजन प्रगतिशील युवा क्लब र स्वास्थ्य जनचेतना आमा समूह माडी -३ हिलेले फूल, माला र अबिर लगाएर भव्य रूपमा स्वागत गरेका थिए ।

पहिलो पटक बस घर नजिकैको ग्रामीण सडकमा पुग्दा स्थानीयहरु हर्षित भएको गंगादेव गाउँपालिका ७ का वडा अध्यक्ष प्रेम प्रकाश केसीले जानकारी दिए ।

१५ पुष २०७९, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको