आउँछु भनेर


आउँछु भनेर तिमीले बोलायौ
व्यर्थै मलाई किन पो कुरायौ

नआउ..ने भए झूठ किन बोल्नु
तल परे पछि बहाना बनायौ

फकायौ फुलायौ तिमीले मलाई
मात्र चार दिन दिलमा सजायौ

प्यास मेटे पछि छाड्यौ यो हात
तिमीले छोडेर बिरामी गरायौ

तिमीले आज बिस्वासघात गरेर
यो हात छाडि अर्कै हात समायौ ।

मानन्धर अभागी
काठमाण्डौ

३१ असार २०७९, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको