यस्तो लाग्छ सरकार गलत रहेछ
सँधै द्वण्द निम्त्याउने आदत रहेछ ।
सहि कुरो यौटै गर्दैनन् सब फटाहा
नेताहरू का भाषण फगत रहेछ ।
सबैलाई कुर्सीकै मोह छ के गर्नु र
कुर्सी हात पार्ने कसरत रहेछ ।
जनता मरे मरोस बाँचे बाँचोस
नेताहरूको कस्तो हरकत रहेछ ।
मान्छेहरू इज्जतले बाँच्ने हो भने
सबै भन्दा ठुलो धन दौलत रहेछ ।
काठमाण्डौ
प्रतिक्रिया दिनुहोस