संसदिय चुनावले आजको संकट हल हुन सक्दैन: विषम


कात्तिक २६, महोत्तरी । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगर ‘विषम’ले मङ्सिर ४ गते हुने भनिएको चुनाव मुलुकको आवश्यकता र समस्यालाई समाधान गर्न नभई सत्ताको संकटलाई टेको दिन र प्राण भर्नका लागि हुन लागेको टिप्पणी गरेका छन् ।

तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीको देशव्यापी विरोध तथा भण्डाफोर कार्यक्रम अन्तर्गत सप्तरीको बर्दिवासमा आयोजित सभालाई सम्बोधन गर्दै नेता विषयमले यस्तो टिप्पणी गरेका हुन् ।

भण्डाफोर कार्यक्रममा मन्तव्य राख्दै नेकपा स्थायी कमिटी सदस्य विषयमले,- “यो चुनावको कुनै औचित्य छैन, यस्ता चुनाव जतिसुकै पटक गरे पनि यो व्यवस्था रहेसम्म यसले जनताको भावना र प्रतिनिधित्व गर्नै सक्तैन । यो चुनाव भनेको त पैसाको बलमा भोट किनेर गरिने चुनाव हो।त्यसकारण हामीले खारेज गर्ने भनेका छौ।”

उनले अगाडि थप्दै भने, -” अहिलेको चुनाव एमसिसिको पैसा र योजनामा गरिदै छ, अब आउने प्रतिनिधिहरु साम्राज्यवादको स्वार्थ पुरा गर्नका लागि आउदै छन् । यदि यहि व्यवस्था रहने हो भने अर्को पटक के के आउछ भन्न सकिन्न ।”

शनिबार आयोजित कार्यक्रममा पवन अर्याल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल कि केन्द्रिय सदस्य हिरादेवी दास र नेकपा केन्द्रिय सदस्य विपिन मण्डललेले समेत सम्बोधन गरेका थिए।

महोत्तरीको बर्दिवासमा आयोजित कार्यक्रममा नेकपा पोलिट व्युरो सदस्य त्रिलोकले अध्यक्षता गरेका थिए भने कार्यक्रमको सञ्चालन नेकपा केन्द्रिय सदस विक्रमले गरेको जनाइएको छ ।

कार्यक्रमको शुरुवातमा नेकपा केन्द्रिय सदस्य पवनसहित तीन जना नेता कार्यकर्तालाइ केहि समय प्रहरीले नियन्त्रणमा लिई कार्यक्रम विथोल्ने प्रयास समेत गरिएको जानकारी प्राप्त भएको बताइएको छ ।

२६ कार्तिक २०७९, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको