दाङमा महिलाको हातबाट साढे ४ लाख बढी लुटपाट गर्ने युवक यसरी परे प्रहरीको फन्दामा


फागुन २७, दाङ । महिलाको हातबाट साढे चारलाख बढी रकम लुटेर भागेका युवक प्रहरीको फन्दामा परेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १३ की ४८ बर्षीया झुमा रोकाको हातबाट ४ लाख ६७ हजार ७ सय २० रुपैंया लुटेर मोटरसाइकलमा भागेका घोराही-९ का २४ बर्षीय गणेशकुमार डाँगीलाई केही बेरमै प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

रोकाले आफन्तले भारतबाट पठाइदिएको उक्त रकम घोराहीस्थित दुई वटा बैंकबाट निकालेर घर तर्फ लैजाँदै गरेको समयमा बिहीबार दिउँसो तीन बजेतिर डाँगीले रकमसहितको पर्स लुटेर भागेका थिए ।

तत्काल रोकाले पैंशा नलाग्ने १०० नम्बरमा फोन गरि घटनाबारे बताएपछि प्रहरी परिचालन भइ डाँगीलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

डाँगीको साथबाट लुटेर लगेको सबै रकमसमेत बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । रोका पैंशा निकालेर अटो रिक्सा चढेर घर तर्फ आएपछि डाँगी मोटरसाइकलमा पिछा गर्दै आएका थिए ।

घर नजिकै पुगेपछि अटोरिक्साबाट झरेर पैदल हिड्ने क्रममा मोटरसाइकलमा सवार डाँगीले पैंशा रहेको हाते पर्स थुतेर भागेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मकुन्दप्रशाद रिजालले जानकारी दिए । पक्राउ परेका डाँगी बिरुद्ध लुटपाट तथा चोरी अभियोगमा मुद्दा चलाइने भएको छ ।

२७ फाल्गुन २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको