रोल्पामा सामाजिक सञ्जालबाट विवाह गरेका श्रीमानसंग भौतिक रुपमा भेट नभएरै श्रीमतिको मृत्यु

सांकेतिक फाइल तस्बिर

असोज ११, दाङ । रोल्पामा एक महिलाको बिबाह पछि श्रीमान संग भौतिक रुपमा भेट नभएरै मृत्यु भएको छ ।

सामाजिक सञ्जाल मार्फत माया प्रेममा परेर सामाजिक सञ्जालबाटै बिबाह बन्धनमा बाँधिने बाचा गरि बिगत ७-८ महिनादेखि रोल्पास्थित श्रीमानको घरमा बस्दै आएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ ।

रोल्पा प्रहरी प्रमुख डिएसपी नरेश सुबेदीका अनुसार जिल्लाको त्रिबेणी गाउँपालिका वडा नं. ७ गाङका ४४ बर्षीय प्रदिप परियार र भोजपुर जिल्लाको षडानन्द नगरपालिका ३५ बर्षीया लक्ष्मी राईका बीचमा सामाजिक सञ्जालमा भेट भएर माया प्रेम बसेको थियो ।

रोजगारीका सिलशिलामा हाल सम्मपनि साउदी अरबमा रहेका परियार र लक्ष्मीले सामाजिक सञ्जाल मार्फत बसेको आफ्नो प्रेम सम्बन्धलाई आपसी समझ्दारीमा बिबाहमा परिणत गर्ने निधो गरे । त्यही अनुरुप सामाजिक सञ्जाल मार्फत आपसमा प्रतिबद्धता जाहेर गरे ।

प्रदिप घर फर्किए पछि बिबाह बन्धनमा बाँधिने उनीहरुका बीचमा सम्झदारी बनेको थियो । त्यही समझ्दारी अनुरुप परियारले रोल्पास्थित आफ्नो घरको ठेगाना दिए । करिब ७÷८ महिना अगाडि प्रदिपको घरको ठेगाना पच्छयाँदै लक्ष्मी रोल्पास्थित परियारको घर पुगिन । जहाँ परियारका एक्ला ८७ बर्षीय बुवा भाइराम दमाई मात्रै बस्थे ।

छोरा घरमा नभएपनि आफ्नो रेखदेख र घर गृहस्थी सम्हाल्नका लागि छोराले घरमा बुहारी पठाइ दिएपछि सशुरा बुवा भाइराम मख्ख थिए । सबै राम्रो चल्दै थियो । प्रदिपले बिदेशबाट लक्ष्मीलाई घर गृहस्थी चलाउन पटक-पटक पैंशापनि पठाउँदै आएका थिए । लक्ष्मीपनि इमान्दारी पूर्वक बुहारीको भूमिका निर्वाह गरिरहेकी थिइन ।

त्यही कतब्र्य निर्वाहकै क्रममा लक्ष्मी आइतबारपनि घाँस काट्न भनेर बाख्रा लगेर नजिकै जंगलमा गएकी थिइन । साथमा गाउँले अरुपनि थिए । लक्ष्मीलाई गाउँलेले उनी हिड्न थालेको बाटो धेरै अप्ठेरो भएको हुँदा नजान आग्रह गरे । ‘तर, लक्ष्मीजी अघिपछि पनि आँफू त्यो बाटो हिडेको भन्दै आँफू सहजै हिड्न सक्ने भन्दै अगाडि बढ्नु भएछ,’ डिएसपी सुबेदीले भने ‘ दूभाग्य उहाँ भिरबाट लड्नु भयो र घटनास्थलमै मृत्यु हुन पुगे छ ।’

दूर्घटना स्थल नियाल्दा लक्ष्मीले आँफू जोगिन बुट्यान तथा झार जंगल समाप्न प्रयप्न गरेको देखिएको डिएसपी सुबेदीले बताए । ‘भिरको माथिदेखि नै उहाँका कपडाहरुका टुक्राटाक्रीहरु छन् । कतै झार नै उखेलिएको दृष्य छ,’ डिएसपी सुबेदीले भने ‘भिरबाटै पल्दिै मुनि पुग्दा उहाँको शरिरै भरि चोटै चोटहरु लागेको छ ।’

घटना आइतबार बेलुका पाँच बजेतिर भएको सुबेदीले बताए । घटनाको खवर पाएपछि प्रहरी घटनास्थल पुगेर उद्धार गरि अस्पताल पु¥याएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । लक्ष्मीको मृत्यु पछि भोजपुरको षडानन्द नगरपालिकास्थित लक्ष्मीको माईती घरमा डिएसपी सुबेदीले आँफै फोन सम्पर्क गरि अवगत गराएको बताए ।

‘मैले लक्ष्मीका दाजु सुरेन्द्र राईसंग फोनमा घटनाबारे कुरा गरे,’ डिएसपी सुबेदीले भने ‘सुरेन्द्रजीले घटना संकाष्पद रहे दोषीलाई कारबाही गर्न र अन्यथा त्यताको परम्परा अनुसार अन्तिम संस्कार गरिदिन आग्रह गर्नु भएको छ ।’ सुरेन्द्रले आँफूहरु धेरै टाढा आउन संभव नभएको भन्दै परम्परा अनुसार राम्रोसंग अन्तेष्टि गरिदिन आग्रह गरेको डिएसपी सुबेदीले बताए ।

त्यही सल्लाह अनुसार शब पोष्ट मार्टमको लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको डिएसपी सुबेदीले जानकारी दिए । पोष्ट मार्टम पछि शव रोल्पा फिर्ता ल्याएपछि सबै प्रक्रिया पुरा गरि लक्ष्मीको अन्तेष्टि गरिदिने डिएसपी सुबेदीले बताए । -फरककोणबाट

११ आश्विन २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको