दाङको बंगलाचुलीमा रेडक्रसको प्रशंसा


असोज ७, दाङ । बंगलाचुली गाउँपालिकामा स्वास्थ्यको तथ्याङ्क सुधारमा रेडक्रसको उल्येख्य भूमिका भएको कार्यक्रममा सहभागी लाभन्वित समुदायहरुका साथै कार्यक्रमका अतिथि बक्ताले बताएका छन ।

नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाको स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताकालागि सामुदायिक सहकार्य परियोजााको अन्तिम समीक्षा बैठकमा बोल्दै स्वास्थ्य संयोजक भक्त बहादुर जिसी लगाएत गाउपालिका भित्रका लाभग्राहीले बताएका हुन ।

स्वीस रेडक्रको आर्थिक सहयोग नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य प्रबर्द्धनकालागि सशक्तीकरण कार्यक्रम (सिइएचपि) प्राबिधिक सहयोगमा दाङ जिल्ला शाखाले सन २०१८ जुलाई देखि २०२१ सेप्टेम्बर सम्म संचालन गरेको थियो ।

परियोजनाको उद्येश्य भनेको सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, नसर्ने रोग, एचआइभि एड्स, लगायतका बिषयमा सचेतनाका कार्यक्रम गाउँ गाउगाउमा संचालन गर्ने र गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध बनाउन स्वास्थ्य संस्थालाइ आवश्यकताको आधारमा सहजिकरणका साथै भौतिक पूवाधार निर्माणमा सहयोग र सरसफाइ क्षेत्रमा सुधार गर्न सचेतना कार्यक्रम संचालनका साथै खानेपानी र संस्थागत शौचालय निर्माण गर्न आवश्यताको आधारमा सहकार्य सहयोग गरेको जिल्ला शाखा सभापति नारायण आचार्यले जानकारी दिए ।

समिक्षात्मक कार्यक्रममा सहभागी भएका प्रमुख अतिथि रेडक्रस लुम्बिनि प्रदेश अध्यक्ष तथा केन्द्रिय तदर्थ समसति सदस्य शम्भू पोख्रेल ले आगामि स्वास्थ्य परियोजना डिजाइनको लागि सुधारको सुझाव लिन आएको तर लावाम्वीत वर्गको सुझावले आफू गौरवान्वित भएको बताए ।

जिल्ला शाखा मन्त्रि प्रकाश श्रिवन्दको उद्घोषणमा संचालित कार्यक्रममा परियोजनाको समिक्षात्मक प्रस्तुति जिल्ला कार्यक्रम अधिकृत टेकम वलीले प्रस्तुत गरेका थिए ।

७ आश्विन २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको