रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु, ६ जना घाइते

दुर्घटनास्थल

मङ्सिर २, रोल्पा । रोल्पाको माडी खोलामा बस खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दाङको घोराहीबाट रोल्पाको थवाङ तर्फ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजेतिर दुर्घटना हुँदा तीन पुरुष र एक महिला गरि चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बस झन्डै एक सय मिटर तल माडी खोलामा खसेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले जानकारी दिए । यो खवर तयार पार्दासम्म मृतकको सनाखत भइ सकेको छैन ।

त्यस्तै थप ६ जना घाइतेलाई उद्धार गरि सुनिल स्मृति अस्पताल घर्ती गाउँमा पु¥याएको डिएसपी सुबेदीले जानकारी दिए ।

शहीद मार्ग अन्तरगत माडी गाउँपालिका वडा नं. २ जलजलास्थित माडी खोलामा बस खसेको छ । प्रहरीका अनुसार बसमा १० जना यात्रु सवार रहेका थिए ।

घटनास्थल अँध्यारो भएको हुँदा अरु यात्रुपनि घाइते छन् कि भनेर खोजी कार्य जारी रहेको पनि डिएसपी सुबेदीले जानकारी दिए । यही हप्ता मात्रै रोल्पामा भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको थियो ।

२ मंसिर २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको