सोह्रखुट्टेमा टायर बलेर बन्द गराउन खोज्ने नेकपाका कार्यकर्ता पक्राउ [फोटोफिचर]


कात्तिक ३०, काठमाडौँ । नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले काठमाडौँ सोह्रखुट्टेमा नाराबाजीसहित टायर बालेका छन् ।

उनीहरुले ‘बन्द सफल पारौँ’, ‘महंगीको मारमा जनतालाई पार्न पाईँदैन’, ‘विप्लव आउ देश बचाउ’ सहितका नारा लगाउँदै सोह्रखुट्टेको मुख्य सडकमै टायर बालेका हुन् ।

प्रहरीले केही बन्दकर्तालाई पक्राउ गरेको छ । सुरक्षाकर्मीले बन्दकर्ताले बालेको टायर निभाएको छ ।

बन्दका कारण काठमाडौँ उपत्यकाका मुख्य क्षेत्रहरुमा नियमित भन्दा निकै कम सवारी साधान चलेका छन् । विप्लव नेकपाले मूल्यवृद्धिको विरोधमा नेपाल बन्द आह्वान गरेको हो। तस्बिर: न्युज कारखाना

३० कार्तिक २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको