रोल्पामा ४ घर भत्किए, प्यूठानमा खोलाले बगाउँदा एक बेपत्ता

फाइल तस्बिर

असार २, रोल्पा । केहि दिन देखि जारी अविरल बर्षाका कारण रोल्पामा चार ओटा घर भत्किएका छन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले अबिरल बर्षाका कारण जिल्लाका बिभिन्न स्थानमा चारवटा घर भत्किएको जानकारी दिए ।

डिएसपी सुबेदीका अनुसार थबाङ गाउँपालिका वडा नं. १ मा दूई वटा, गंगादेब गाउँपालिका वडा नं. १ मा एउटा र त्रिबेणी गाउँपालिका वडा नं. ६ जुँगारमा थप एउटा घर भत्किएका छन् । तर, कुनैपनि मानबिय क्षति भने नरहेको उनले जानकारी दिए ।

उता प्यूठानमा खोलामा आएको बाढीले बगाउँदा एक मजुदुर बेपत्ता भएका छन् । मंगलबार साँझ ६ बजेतिर मल्लरानी गाउँपालिका वडा नं. ३ का अन्दाजी ४० बर्षीय हिराबहादुर बिकलाई स्थानीय छापेखोलाले बगाएको थियो ।हालसम्म उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक देबीप्रशाद गैरेले जानकारी दिए ।

सडक निर्माणको काम गरि घर फर्किदै गरेका बिकलाई छापेखोलाले बगाएको सूचना पाए लगतै प्रहरी र स्थानीय खोजीमा खटिएपनि फेला पार्न नसकिएको गैरेले जानकारी दिए ।

२ असार २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको