सल्यानमा ट्याक्टर दुर्घटना २ जनाको मृत्यु, ३ जना गम्भीर घाइते

फाइल तस्बीर

साउन २७, सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृ’त्यु भएको छ । तीन जना घाइते भएका छन् ।

जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर ४ चम्बुताराबाट मिक्चर बोकेर कालिमाटी आउदै गरेकोे रा १ त ४०४२ नम्बरको ट्याक्टर मंगलबार राती साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परी ट्याक्टर चालक साेहि गाउँपालिका वडा नम्बर ३ का १९ वर्षीय खुम बहादुर ओली र मिक्चर हेल्पर शोही ठाउँ बस्ने २० वर्षीय यज्ञ बहादुर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

यस्तै ट्रयाक्टर दुर्र्घटना हुँदा मिक्चर चालक कालिमाटी गाउँपालिका ३ कालिमाटीका जंग बहादुर सिरिष मगर, ट्याक्टर सहचालक शोही ठाउँ बस्ने वर्ष १७ को कमल विक र मिक्चर हेल्पर कालिमाटी गाउँपालिका ४ का २० वर्षीय खुम बहादुर बस्नेत रहेका छन् ।

घाइते मगर र विकको अवस्था गम्भिर रहेको सूचना अधिकारी पौडेलले बताए । घाइते तीनै जनाको उपचारको लागि तुलसीपुर पठाइएको छ ।

ट्याक्टर अनियन्त्रित हुँदा सडकबाट ६० मिटरसम्म तल खसेको छ । अहिले घटननास्थलमा स्थानीय प्रहरी रहेकाे र थप अनुसन्धानका लागि इप्रका लुहामबाट प्रहरी निरिक्षक स्याम प्रकाश यादवकाे टाेली घटना स्थल तर्फ लागेकाे छ ।

२७ श्रावण २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको