माघ २८, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–६ काउलाबोटमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
दाङबाट काउलाबोटतर्फ जाँदै गरेको त्रिशिद्देश्वरी राप्ती यातायात प्रा.लि.को रा १ ज ३९३ नम्बरको जीप आज बेलुकी ६ बजे ब्रेक फेल भएर अनियन्त्रित भैई सडकछेउमा पल्टिँएको हो ।
जीपमा ९ जना चढेका थिए । दुर्घटनामा घाइते भएकाहरुमध्ये ३ जनाको नेर्पा स्वास्थ्य चौकी जुगारमा सामान्य उपचार पछि थप उपचारको लागि दाङ रेफर गरिएको छ । यस्तै २ जना उपचारपछि घर फर्किएको जनाइएको छ ।
घाइते हुनेमा चालक कपुरकोट गाउँपालिका ६ जामुनेका वर्ष ३२ का ज्ञान बहादुर महतरा , त्रिवेणी गाउँपालिका ६ ज्यावलखोलाका वर्ष ८ संगित खड्का, त्रिवेणी गाउँपालिका ६ सानोभूर्तिकि वर्ष ३२ सरला पुन, त्रिवेणी ६ काउलाबोटका वर्ष १६ सालिकराम केसी र त्रिवेणी गाउँवालिका ६ काउलाबोटका वर्ष १४ का गिरिजा वली रहेको स्वास्थ्य चौकी स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस