काठमाडौँ उपत्यकाको निषेधाज्ञा अझै एक साता थप्ने तयारी

फाइल तस्बिर

जेठ २८, काठमाडौँ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी काठमाडौँ उपत्यकाको निषेधाज्ञा अझै एक साता लम्बिने भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आन्तरिक छलफलबाट निषेधाज्ञाबारे निर्णय लिने तयारी गरेका छन् ।

उपत्यकाको संक्रमणदर घटे पनि अझै जोखिमकै अवस्था रहेकाले निषेधाज्ञा थप्ने तीन जिल्लाका प्रशासनको तयारी छ ।

‘मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिने छ,’ काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने ।

पछिल्लो पटक निषेधाज्ञा लम्ब्याइएको साता कोरोना संक्रमणदर विश्लेषण गरी त्यसपछि निषेधाज्ञा के गर्ने भन्ने विषयमा आवश्यक निर्णय लिइने उनले बताए । अहिले निषेधाज्ञालाई केही खुकुलो गरिने, कुन कुन क्षेत्रलाई खुकुलो बनाउने भन्ने बारे छलफल भइरहेको उनले बताए ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जेठ ३१ गते सकिँदैछ ।

२८ जेष्ठ २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको