विप्लब नेकपा निकट साउदी मोर्चाले मृगौला पिडित केसीलाई गर्यो सहयोग


माघ १५, काठमान्डौ बिगत लामो समय देखि मृगौलाको समस्या भोग्दै आएका टेक बहादुर केसीलाई बिप्लत निकट प्रबासी संगठन नेपाली जनप्रगतिशिल मोर्चा साउदीले सहयोग गरेको छ ।

मोर्चाका केन्द्रिय कोषाध्यक्ष राम थापाको संयोजकतवमा मोर्चाका केन्द्रिय सदस्य तथा क्षेत्रीय समिति दमामका इन्चार्ज बिर बहादुर खड्का, क्षेत्रीय सचीव तोया भट्ट, पर्शुराम घर्तिमगर, सुरेन्द्र रानामगर, धुर्ब थापा मगर, धावा तामाङ, अजय पोख्रेल, दल घर्तिमगर, मान बहादुर घर्तिमगर, कालिमान बुढामगर, नन्द क्षेष्ठको समन्वयमा रु. १० हजार सहयोग प्रदान गरिएको हो ।

मृगौला पिडित केसी बिद्यार्थी नेता हुन् । उनि अनेरास्ववियु (क्रान्तिकारी) बाँके जिल्ला सदस्य तथा बानेश्वरि बहुमुखी पब्लिक क्याम्पसका स्वतन्त्र बिध्यार्थी युनियनको निर्वाचित सचिब समेत हुन् ।

साउदीमा रहेको जनप्रगतिशिल मोर्चाले दलालहरुद्वारा रोजगारको नाममा ठगिगरि अलपत्र पारेका नेपालीहरुलाई रचनात्मक सहयोग गर्दै आएको सचिव तोया भट्टले बताए ।

१५ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको