मेडिकल काउन्सिलले भन्यो- ‘पिपिई बनाउन कसैलाई स्वीकृति दिइएको छैन’


चैत १४, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पिपिई) को जाँचपडताल तथा स्वीकृति नदिएको स्पष्ट गरेको छ ।

शुक्रबार काउन्सिलले एक विज्ञिप्ति जारी गर्दै पिपिईको गुणस्तर निर्धारण तथा स्वीकृति दिने कार्यक्षेत्र आफ्नो नभएको भन्दै आफूहरुले कुनै व्यक्ति वा कम्पनीलाई पिपिई निर्माण, जाँचपड्ताल वा स्वीकृति नदिएको स्पष्ट गरेको हो ।

उक्त काम नेपाल गुणस्तर तथा नापतौल विभागको रहेको र विभागले यस सम्बन्धमा मापदण्ड निर्धारण गर्न आगामी आइतबार वैठक राखेको भन्दै त्यसपछि मात्रै यसको मापदण्ड आउन सक्ने स्पष्ट गरेको हो ।

यस्तो छ, काउन्सिलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति

‘नेपाल मेडिकल काउन्सिल जनताको स्वास्थ्य, औषधीको गुणस्तर, उपकारण, सुरक्षा सामाग्री, उपचार पध्दति लगाएतका बिषयमा सम्बेदनशिल छ । चिकित्सकहरुबाट प्रदान गरिने उपचार, तिनको गुणस्तर तथा विरामी र चिकित्सकको सुरक्षाप्रति काउन्सिलको ध्यान विगतमा झै नियमित छ ।

विभिन्न सञ्चार माध्यमहरुमा नेपाल मेडिकल काउन्सिलले व्यक्तिगत सुरक्षा सामाग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट) को जाँचपडताल गरी स्वीकृति वा अनुमति दिएको भन्ने समाचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

नेपाल मेडिकल काउन्सिल औषधि, उपचार उपकरण, उपचार सामाग्री लगायतका विषयमा संबेदनसिल रहदाँरहदै पनि यो विषय काउन्सिलको कार्यक्षेत्र भित्र नपर्ने र कुनैपनि संस्था तथा निकायलाई यस विषयमा अनुमति प्रदान नगरिएको व्यहोरा अनुरोध छ ।

स्थानीय श्रोतसाधन उपयोगगरी बनाईएका त्यस्ता सामाग्रीहरु र तिनको उपयोग सह्रानिय भएतापनि उत्पादित बस्तुको गुणस्तर हेर्न तोकिएको निकायले यसको टुंगो लगाउने व्यवस्था भएको स्मरण गराउन चाहन्छौं ।

यसै सन्दर्भमा नेपाल गुणस्तर तथा नापतौल विभागले आगामी हप्ताको आईतबार सरोकारवाला संघसंस्था र विज्ञहरु सम्मिलित बैठकबाट व्यक्तिगत सुरक्षा सामाग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट) को गुणस्तर निर्धारण गर्नका लागि बैठक बोलाउने र निर्णयलिने जानकारी काउन्सिललाई प्राप्त भएको छ । तसर्थ यस विषयमा नेपाल गुणस्तर तथा नापतौल विभागको निर्णय अनुरुप गर्नगराउन हुन सम्बन्धित सबैसंग हार्दिक अपील गदछौं ।

डा. कृष्णप्रसाद अधिकारी, रजिष्ट्रार, नेपाल मेडिकल काउन्सिल

१४ चैत्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको