विप्लव नेकपासगँ एकता गर्न छलफल भईरहेको छ: गोपाल किँराती


मङ्सिर ११, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किँरातीले आफ्नो पार्टीले वृहत ध्रवीकरण अघि बढाउन विप्लव नेतृत्वको नेकपासगँ एकता गर्ने बताएका छन् ।

मंसीर ८ देखि १० गते सम्म बसेको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न आज रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा किँरातीले विप्लवसगँ छलफल भईरहेको र आगामी बैशाख सम्ममा वातावरण बन्न सक्ने बताए । पार्टीको राष्ट्रिय सम्मेलन पनि अब बैशाखमा सम्पन्न गर्ने बताए ।

बैठकले देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रिय सहभागी हुने निर्णय गरिएको पनि किराँतीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंक विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरियो ।’ अध्यक्ष किराँतीद्धारा जारी विज्ञपितमा भनिएको छ ।

११ मंसिर २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको