काठमाडौँमा भूकम्पको धक्का


भदौ १०, काठमाडौँ । बुधबार काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुश भएको छ ।

बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि स्पष्ट पारेको छ ।

यसअघि मंगलबार बझाङ केन्द्रबिन्दु भएर ४.७ रिक्टरस्केलको भूकम्प गएको थियो ।

१० भाद्र २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको