फागुन ११, रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ रोल्पाको थवाङ आइपुगेका छन् ।
उपराष्ट्रपति पुन आफैले पढेको विद्यालय वीर बलभद्र नमुना माविलाई सरकारले नमुना विद्यालयको घोषणा गरेको छ । सो विद्यालयको उद्घाटन गर्न उपराष्ट्रपति पुन थवाङ आइपुगेका हुन् ।
उपराष्ट्रपति पुनका साथमा शिक्षामन्त्री गिरिराजमणी पोखरेल, उर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती लगायतका नेताहरु छन् ।
उपराष्ट्रपति पुन लगायतका अतिथिहरुलाई स्थानीय बासिन्दाले बाजागाजा र फूलमालाले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस