कोरोना सतर्कता: उच्चस्तरीय समितिका निर्णय कायान्वयनमा सुस्तता

फाइल तस्बीर

चैत ८, काठमाडौँ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अति उच्च जोखिममा नेपाललाई सूचीकृत गरेसँगै सरकारले ७० बुँदे निर्णय गरेपनि अधिकांश निर्णय कार्यान्वयनमा सुस्तता देखिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेका अधिांश निर्णय कार्यान्वयनमा आउन नसकेका हुन् ।

समितिको पछिल्लो बैठकले बजारमा उपभोग्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी, कालोबजारी, मिसावट गर्ने गराउनेलाई तत्काल कानूनबमोजिम कारबाही गर्ने निर्णय गरेको थियो ।

तर, अहिले बजारमा सहज तरिकाले खाना पकाउन आवश्यक पर्ने सिलिन्डर पाइँदैन भने दैनिक उपभोग्य वस्तुको पनि मूल्य बढेको छ । यस्तै, मास्क, सेनिटाइजर पनि सहज तरिकाले पाइंदैन । राजधानी दैनिकमा खबर छ ।

८ चैत्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको