२४ घन्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु

फाइल तस्बिर

कत्तिक ३, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यी सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।

यस्तै नेपालमा संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७९० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको हो ।

४० हजार ७७८ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना रहेका छन् भने २६ हजार ९२७ होम आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ७४३ नमूनाको पीसीआर परीक्षण भएको छ। सोमबार २३ सय ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ।

आइसीयूमा २८२ र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

३ कार्तिक २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको