माल्टामा खुल्यो नेपाली सुपर मार्केट


माघ २, लन्डन । माल्टामा नेपालीको लगानीमा सुपर मार्केट गोल्डेन एभरेष्टको उद्घाटन भएको छ। गोल्डेन एभरेस्ट ग्रुपले सञ्चालनमा ल्याएको माल्टाको पहिलो नेपाली फुड स्टोर हो । एभरेष्टले नै लन्च गरेको गोल्डेन बियरको समेत उद्घाटन भएको हो।

गोल्डेन स्टोर मिनी मार्केट स्थानीय सरकार, नगरप्रमुख र बेलायतका लागि नेपालका राजदूत तथा माल्टाका लागि गैरआवासीय राजदूत डा. दुर्गाबहादुर सुवेदीले रिबन काटेर औपचारिक उद्घाटन गरे । सुपरमार्केटको उद्घाटन कार्यक्रममा द्वितिय सचिव लव सुबेदी समेतको उपस्थिति रहेको थियो।

सञ्चालक सापकोटाका अनुसार उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघ माल्टा, नेपाल टुरिजम बोर्ड, स्थानीय मेयर, काउन्सिलर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।

बिशेष गरी सुपरमार्केटमा नेपाली, चाइनिज, कोरियन, इन्डियन लगायत साउथ एशियनसंग सम्बन्धित सामानहरु थोक तथा खुद्रामा बिक्रि गर्ने उद्देश्यले सो सुपर मार्केट स्थापना गरिएको संचालक मध्येका एक सापकोटाले जानकारी दिए ।

गोल्डेन स्टोर मिनी मार्केट जनवरी १५ तारिख बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । उक्त फुट स्टोरमा गैरआवासीय नेपाली संघहरुको लगानी रहेको मिनी मार्केट सञ्चालक समेत रहेका एनआरएनए सल्लाहकार सोम सापकोटाले बताए ।

२ माघ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको