लमजुङ समाज युएईको पाँचौं अधिबेशन दुबईमा सम्पन्न


युएई- लमजुङ समाज युएईको पाँचौं अधिबेशन दुबईमा सम्पन्न भएको छ । अध्यक्ष महेश पराजुलीको अध्यक्षतामा एवं संस्थाका संस्थापक संरक्षक सबिनय तमुको प्रमुख आतिथ्यतामा बाबुराम सापकोटाको नेतृत्वमा १९ सदस्यिय कार्यसमिति सर्ब सहमतिमा चयन गरि सम्पन्न भएको छ ।

आज सम्पन्न अधिवेशनबाट क्व्होलासोंथर गाउँपालिका चरा गाऊँ निवासी बाबुराम सापकोटा अध्यक्षमा चयन भएका छन् । त्यसै गरि उपाध्यक्ष राम बाबु न्यौपाने, उपाध्यक्षमा आइत गुरुङ, महासचिव बिष्णु भण्डारी, सचिब योगेस गुरुङ, कोषाध्यक्ष अनीता गौली, सहकोषाध्यक्ष सुबाश भण्डारी, प्रवक्ता खड़क गुरुङ र सदस्यहरुमा नरेस रिमल, सुगम पराजुली, कृष्णाअधिकारी, सबीन पाण्डे, सृजना गुरुङ, सुक बहादुर तमांग, कृष्ण थापा, लाल बहादुर गुरुङ, गोरे गुरुङ, अमृत परियार, मधु बिलाश पन्थी, राम बिक, लक्ष्मण सुनार चयन भएका छन् ।

समाजकै संस्थापक संरक्षक भिम तमुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अधिवेशनमा समाजकै संरक्षक सल्लाहकार साथै नेपाली समाजका अध्यक्ष गोबिन्द ढकाल, नेपाली समाजका निबर्तमान अध्यक्ष सिपी सापकोटा, नेपाल पत्रकार महासंघ युएई साखाका अध्यक्ष लक्ष्मण खनाल, जन प्रगतिशील मोर्चका अध्यक्ष मनोज काउछा, अन्तराष्ट्रिय नेपाली कलाकार समाज युएईका अध्यक्ष राम तमांग, राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएईका कोषाध्यक्ष अनीश दवाडी, समाजसेवी एकेंद्र थापा, समाजसेवी मणि भूर्तेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधी, समाजसेवी, जिल्लाका प्रतिनिधि तथा अध्यक्षहरुको उपस्थिति रहेको समाजकै नबनिर्वाचित महासचिव बिष्णु भण्डारीले बताउनु भयो ।

३ फाल्गुन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको