सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दुर्घटना ग्रस्त ट्याक्टर

फागुन २, सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका ९ धामीढुंगामा ‘ना ६ त ९२१३’ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको पातिहाल्न बजार ब्याबस्थापन समितिका अध्यक्ष धनेन्द्र बिमल ओली ‘प्रविन’ले पोष्टपाटीलाई बताए ।

ट्याक्टर दुर्घटना हुँदा चालक अलि महम्मदको चेप्पिएर मृत्यु भएको प्रहरीले जनाइएको ओलीले बताए । सिरक-डसना बनाउने सामान बोकेर सल्यानको धामीढुंगाबाट रोल्पाको सिमानामा पर्ने पातिहाल्न तिर जाँदै गर्दा ट्याक्टर दुर्घटना भएको हो ।

मृतक चालकको नागरिकता

मृतक चालकको नागरिकता

बेलुका करिब साढे ६ बजे तिर चालक सहित २ जना सवार ट्याक्टर दुर्घटना हुँदा पछाडी बसेका सहयोगी भने हामफालेर बाँचेको जनाएको छ ।

चालक अलि महम्मदको संग रहेको कागजपत्र अनुसार, उनको ठेगाना नारायणी अञ्चल रौतहट जिल्ला सन्तपुर रहेको खुल्न आएको छ । यतिखेर स्थानीय र प्रहरीको सहयोगमा उद्दार भैरहेको खबर छ ।

दुर्घटनाको कारण कच्ची बाटो अफ्ट्यारो भएको र चालकले मादक पदार्थ समेत पिएर चलाएको प्रहरीले अनुमान गरेको छ ।

दुर्घटना ग्रस्त ट्याक्टर

दुर्घटना ग्रस्त ट्याक्टर

२ फाल्गुन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको