रोल्पाको रुन्टिगढी गाउँपालिका ले ३२ औं अन्तरास्ट्रिय अपाङ्ग दिवसको अवसरमा सचेतना तथा सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्वद्ता भन्ने मुल नरा सहित आज मङ्सिर १७ गते आइतबार गाउँपालिकाको प्रांगणमा आयोजना गरिएको हो ।
कार्यक्रम रुन्टिगढि गाउँपालिका अपाङ्गता संजाल समितिका अध्यक्ष शंकर पुन को अध्यक्षता एवंम प्रमुख अतिथि रुन्टिगढि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डांगि अतिथिहरु रुन्टिगढि महिला , बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पार्वति लामिछाने , रुडास नेपाल दोस्रो परियोजना शाखा प्रमुख बासुदेव प्रोख्रेल , समुन्नति परियोजना प्रतिनिधि यादव गिरि , संचारकर्मि बिरेन्द्र घर्ति लगाएत रुन्टिगढि अपाङ्ग व्यक्तिहरुको उपस्थितिमा रुडास नेपाल दोस्रो परियोजनाका लङ्गैकि समानता सामाजिक समावेशकरणका लक्ष्मि बि.क को स्वागत मन्तव्यबाट कार्यक्रम सुरु गरिएको हो ।
त्यस लगतै रुडास नेपाल दोस्रो परियोजना शाखा प्रमुख बासुदेव पोख्रेलले आफ्नो भनाइ राख्दै आफुहरुले हरेक बर्ष यस अवसरमा सानो होस या ठुलो जे जस्तो भएपनि गाउँपालिका सङ्ग सहकार्य गर्दै आएको र अन्य दिनमा पनि गर्ने प्रतिवद गर्दै यो दिनलाई अपाङ्ग दिवसको रुपमा मनाउने मात्र नभई हर समय उहाँहरुलाइ समान्न र सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो । त्यस्तै रुन्टिगढि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त ब. डागिले यो अपाङ्ग प्राकृतिकले वा अन्य समस्याले होस कोहि समाजमा अपहेलित भएर बस्न नहुने बताउनु भयो ।
किन कि अपाङ्ग भन्ने कुरा समय अनुसार जो कोहिलाई पनि हुन सक्ने र पर्न सक्ने बताउदै त्यस्ता व्यक्तिहरु समाजमा समान पुर्वक बाच्न पाउने , केहि आफ्नो उपार्जन गर्न सक्ने हुनुपर्ने र सबै सपाङ्ग नागरिकश्रर समान ढ्ङ्गले बाच्न पाउनुपर्ने बताउनु भयो । त्यस्तै विगतमा खुट्टा नहुने , आखा नहुने अपाङ्गहरुलाइ छुट्टै भाषा प्रयोग गर्ने चलन थियो तर आज भाषा परिवर्तन भएर त्यस्तो भन्न हुदैन रहेछ भन्ने चेताना जागेको बताउनु भयो ।
कार्यक्रममा रुन्टिगढि गाउँपालिका आयोजना , रुडास नेपाल गोल दोस्रो परियोजना तथा समुन्नति परियोजनाको सहकार्यमा अपाङ्गता भएका १५ जनालाई जिविकोपार्जनमा सहयोग सामाग्री जस्तै : किराना व्यवसायि सामाग्री , आरान व्यवसायी सामाग्री , होटल व्यवसायी सामाग्री , बाख्रा पालन व्यवसायि सामाग्री , तरकारी व्यवसायी सामाग्री हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रम संचालन भने महिला , बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पार्वति लामिछानेले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस