गंगादेव गाउँपालिकाले ५९औं राष्ट्रिय बालदिवस सम्पन्न गर्यो


भदौ ३०, रोल्पा । बालबालिकामा लगानीः शुनिश्चत भविष्यको थालनी भन्ने मुल नाराका साथ गंगादेव गाउँपालिकाले ५९ औं राष्ट्रिय बाल दिवस मनाएको छ । गंगादेव गाउँपालिकाले गंगा मावि चौतारा डाँडामा प्राथमिक बिद्यालय स्तरीय हिसाव दौड, आधारभूत बिद्यालय स्तरीय हाजिरी जबाफ र माध्यमिक बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सहित बाल दिवस मनाइएको हो ।

प्रतियोगितामा पालिका भरिका विद्यालयहरु सहभागी रहेका थिए । जसमध्य हिसाव दौड प्रतियोगितामा अम्मर सत्य प्रावि रांकका बिद्यार्थी निर्मल वली पहिलो, पब्लिक होराइजन बोर्डिङ स्कुल गंगादेव १ ओतका डिभिजन डागी दोस्रो, दशरथ बिन्दु प्रा.वि. गंगादेव-४ पाखापानिका कारण वली तेस्रो र गंगा मावि चौताराका पवित्रा बुढा सान्त्वना भएका थिए ।

त्यसैगरी हांजिरी जबाफ प्रतियोगिता अन्तर्गत सिद्धार्थ नमुना मावि गंगादेव-३ घोप्टेओढार पहिलो, पृथ्वी नारायण मावि जायाचौर गंगादेव-७ दोस्रो, कृष्ण आधारभूत बिद्यालय गंगादेव-२ घरबिर तेस्रो र राष्ट्रिय मावि गंगादेव-१ मेल्डारी सान्त्वना भएको आयोजकले जनाएको छ । मावि स्तरीय बक्तृत्वकला तर्फ राष्ट्रिय मावि ओत गंगादेव १ रिमा घर्ती पहिलो, जीवन ज्योति मावि-६ देवलटाकुरा दिपक वली दोस्रो, बुद्दिबिकास मावि तथा थप प्राबिधिक विद्यालय तेस्रो र सिद्धार्थ नमुना मावि घोप्टेओढार एलिसा कुवर सान्तोना भएकी हुन् ।

हिसाव दौड प्रतियोगितामा ३० ओटा विद्यालयका विद्यार्थीहरु सहभागी थिए भने हाजिर जवाफ प्रतियोगितामा १८ बिद्यालयका बिद्यार्थी र वत्तित्वकला प्रतियोगितामा १० वटा माध्यामिक विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

गंगादेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालीकराम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुन रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष अम्मर बहादुर खत्री, वडा नं. ३ का वडा अध्यक्ष लोकमान वली, वडा नं. ७ का वडा अध्यक्ष प्रेमप्रकाश केसी लगाएत विभिन्न विद्यालयका शिक्षक विद्यार्थी लगाएतको उपस्थीती रहेको थियो ।

कार्यक्रमलाई महिला तथा बालबालिका शाखाका तिलकराज वलीले सहजीकरण गर्नुभएको थियो । प्रतियोगितामा भाग लिइ स्थान लिने विद्यार्थीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

३० भाद्र २०८०, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको