नेकपा रोल्पा सेक्रेटरी चन्दले युवाहरुलाई भने- ‘दलाल सत्ताको अखडा भत्काउन तयार रहनुस’

रोल्पामा दलाल सत्ता असफल भैसक्यो: जनसरकार प्रमुख विश्व


भदौ २६, रोल्पा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पा सेक्रेटरी दिनेश विक्रम चन्दले दलाल सत्ताको अखडा भत्काउन युवाहरू तयारी अवस्थामा बस्न आग्रह गरेका छन् ।

नेकपा निकट ‘युवा संगठन नेपाल’ गंगादेव गाउँ कमिटिको दोस्रो भेलालाई  बुधबार सम्बोधन गर्दै नेता चन्दले यस्तो आग्रह गरेका हुन् ।

युवाहरू नै देश परिवर्तनको मुख्य खम्बा भएकाले क्रान्तिलाई निर्णायक तहमा पुर्‍याउनको लागि सबै नौ जवान युवाहरू एक हुनुपर्ने बताउदै उनले भने- ‘दलाल सत्ताको अखाडा भत्काउन युवाहरू तयारी अवस्थामा बस्नुहोला, यो दलाल सत्ता श्रमजीवी बर्गका जनताको हितमा छैन, अब यसलाई खारेज गरेर जनताको बैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्नुको विकल्प छैन ।’,

गाउँगाउँबाट जनसत्ता संचालन गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउदै नेता चन्दले युवाहरु कुनै लोभ लालचमा नपरी एक पटक गम्भीर भएर क्रान्तिमा होमिन अपिल समेत गरे । युबाहरु नै क्रान्तिको निर्णायक भएकाले सहिदहरुका अधुरा सपना पूरा गर्दै नेपाली जनताको न्याय, मुक्ति, स्वतन्त्रता, समानता, स्वाधीनता, राष्ट्रियता, जनतन्त्र, जनजिविकाको निम्ति एकीकृत जनक्रान्तिको महान अभियान अभियानमा लामबद्ध हुन अनुरोध समेत गरे ।

उनले अहिले समाजमा देखिएका बिकृती, विसंगति, स्थानीय तहहरुमा भैरहेको भ्रष्टाचार, अनियमितता, लुटपाट, ढिलासुस्ती, अन्याय, अत्याचार, विभेद स्थानीय जनप्रतिनिधिहरुको दादागिरीलाई अन्त्य गर्न र जनताको आवस्यकता अनुसार जनसेवाको कार्यमा एकजुट भएर जुट्न निर्देशन समेत दिएका छन् ।

रोल्पामा दलाल सत्ता असफल भैसक्यो: जनसरकार प्रमुख विश्व

यस्तै भेलाका विशेष अतिथि रोल्पा जिल्लाका जनसरकार प्रमुख विश्वले जिल्लामा जनसत्ताद्वारा बिकास निर्माण, न्याय, सुसासन दिलाउन महत्वपूर्ण कामहरु गर्नुपर्ने बताएका छन् ।

उनले जनताको संत्तालाइ व्यवस्थित गराउन र दलाल सत्तालाइ खाली गराउन युवाहरूले नेकपालाई सहयोग गर्न आग्रह समेत गरेका छन् । दलाल सत्ता असफल भैसकेकाले अब रोल्पामा जनसत्तानै एकमात्र बिकल्प भएको दाबी समेत गरे ।

यस्तै युवा संगठन नेपाल रोल्पाका अध्यक्ष एवम् केन्द्रिय सदस्य प्रज्वलले एकीकृत जनक्रान्तिलाइ टुंगोमा पुर्याउन युवाहरू गाउँ गाउँ बस्ती बस्तीहरुवाट एक भएर जुट्नु पर्ने भेला भएको बताए । रोल्पाली युवाहरुले एकीकृत जनक्रातिमा नयाँ ईतिहास कायम गर्नु पर्ने सुनौलो अबसर प्राप्त भएकाले कुनै पनि हालतमा अवसरलाई उपयोग गर्नु पर्ने उनको भनाई थियो ।

यसैगरी नेकपा गंगादेब गाउँ कमिटी इन्चार्ज किरणले भेला सफलताको शुभकामना दिदै जनताको न्याय अधिकार सुनिश्चित गर्न युवाहरु क्रान्तिमा लामवद्द हुन अपिल गरेका थिए ।

भेलाका अतिथि नेकपा गंगादेब गाउँ कमिती सेक्रेटरी एवम् युवा संगठन रोल्पाका उपाध्यक्ष बिपिनले युवाहरु स्थानिय स्तरमा बिकृती बिसंगती, अन्याय, अत्याचार, विभेद, दलाल सत्ताद्वारा भैरहेको भ्रष्टाचार, अनियमितताविरुद्ध डटेर लड्नुपर्ने बताए ।

ललितको अध्यक्षतामा २१ सदस्यीय गंगादेव गाउँ कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी निकट ‘युवा संगठन नेपाल’ गंगादेव गाउँ कमिटि रोल्पाको दोस्रो भेला सम्पन्न भएको छ ।

युवा संगठन नेपाल गंगादेव गाउँ कमिटी सदस्य ललित केसीको अध्यक्षतामा भएको कार्यक्रमलाई युवा संगठन नेपाल गंगादेब गाउँ कमिति वडा नं ३ का पुर्वअध्यक्ष खिम केसीले संचालन गरेका थिए ।

उक्त भेलाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाका सेक्रेटरी दिनेश बिक्रम चन्दको रहेको थियो भने विशेष अतिथि नेकपा रोल्पाका जनसरकार प्रमुख बिश्वको रहेको थियो ।

यस्तै अथितिहरुमा युवा संगठन नेपाल रोल्पाका जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य प्रज्ज्वल, नेपाल कम्युनिष्ट पार्टी गंगादेब गाउँ कमिटिका इन्चार्ज किरण, नेकपा गंगादेब गाउँ कमिटि सेक्रेटरी एवम् युवा संगठन नेपाल रोल्पाका उपाध्यक्ष बिपिन, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य रमेश मल्ल, पुर्व जनमुक्ति सेनाका बटालियन कमान्डर टाइगर, नेकपा रोल्पाका सल्लाहकार मंगल, नेकपा रोल्पा जिल्ला सदस्य तिम, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य प्रेम, अखिल नेपाल शिक्षक संगठनका रोल्पा जिल्ला उपाध्यक्ष गोपाल, युबा संगठन नेपाल रोल्पाका सचीव असल, युवा संगठन नेपाल रोल्पाका कोषाध्यक्ष जय, लगाएतको सहभागिता रहेको थियो । स्वागत मन्तव्य युवा संगठन नेपाल गंगादेब गाउँ कमिटीका सदस्य लाल बहादुर मल्लले दिएका थिए ।

भेलाले क.ललितको अध्यक्षतामा २१ सदस्यीय गंगादेब गाउँ कमिटि निर्वाचित गरेको युवा संगठन नेपाल रोल्पाका कोषाध्यक्ष जयले जानकारी दिए । करिब २०० जना युवाहरूको उपस्थितिमा भेला सम्पन्न भएको नेकपा गंगादेवले जनाएको छ ।

२६ भाद्र २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको